प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा डिजिटल एक्सरे सेवा सुरु

१२ वैशाख २०८२/ सल्यान

प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा डिजिटल एक्सरे सेवाको सुरुवात गरिएको छ ।

जिल्लाको बागचाैर नगरपालिका २ थारमारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवाकाे उद्घाटन गरिएको हो ।

शुक्रवार डिजिटल एक्सरे सेवाको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बागचाैर नगरपालिकाले जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो ।नगरप्रमुख गौतमले प्राथमिक स्वास्थ्य केन्द्रमा १० सैयाको नगर अस्पताल र दक्ष जनशक्तिकाे व्यवस्थापनकाे तयारीमा आफुहरु लागि परेको बताउँनु भयो ।उहाँले बागचाैर नगरपालिका सँगै छिमेकी पालिकाहरु र छिमेकी जिल्लाका नागरिकहरुलाई गुणस्तरीय, सर्वसुलभ तथा सहज स्वास्थ्य सेवा पुर्‍याउने उदेश्य वमोजिम स्वास्थ्य केन्द्रमा पहिलो पटक डिजिटल एक्सरे सेवा सुरुवात गरिएको बताउँनु भयो । जनताको सेवा र सुविधाको लागि सेवा प्रवाहलाई समेत प्रभावकारी गराउदै आएको नगर प्रमुख गौतमले बताउँनु भएको हो ।

डिजिटल एक्सरे उद्घाटन कार्यक्रममा नगर प्रमुख जनकराज गा‌ैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायत, नगर प्रवक्ता दिपेश डि.सी, स्वास्थ्य शाखा प्रमुख विनय डिसी, सामाजिक विकास शाखा प्रमुख विशाल वली, स्वास्थ्य शाखामा कार्यरत धनबहादुर पुन, स्वास्थ्य केन्द्र प्रमुख हिमाल भण्डारी, स्वास्थ्यकर्मी, पत्रकार,सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस