८ वैशाख २०८२/ सल्यान
सल्यान श्रीनगरमा डिएकसनको शाखा कार्यालय संचालनमा आएको छ ।

स्वास्थ्य समृद्धि र खुसीका लागी डिएकसनको शाखा कार्यालय श्रीनगरमा संचालन गरिएको बताइएको हो ।
सोमबार शाखा कार्यालयको उद्घाटन गर्दै डिएकसनका सिनियर स्टार डाइमन धनबहादुर खड्काले डिएकसनले उत्पादन गरेका सामानहरु मानव स्वास्थ्यका लागी लाभदायक हुने गरेको बताउँनु भयो ।उहाँले सल्यानमा शाखा कार्यालय स्थापना गर्नुको मुख्य उद्देश्य जिल्लाका नागरिक लाई स्वस्थ बनाउनु रहेको बताउँनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खड्काले डिएकसनका सम्पुर्ण खाले सामाग्रीहरु पोषण युक्त हुने भएकाले आफ्नो स्वास्थ्य लाई तन्दुरुस्त राख्न सधै प्रयोग गर्न सकिने बताउनु भयो ।
दिपु इन्टरप्राइजेज र न्यु विवेक इन्टरप्राइजेज प्रा.लिले संचालनमा ल्याएको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा
डिएकसनका रुकुम जिल्ला वितरक प्रमोद खत्री,सल्यान जिल्ला वितरक विष्णु केसी,चन्द्र बहादुर कवर,गणेश गिरी,निर्मला अधिकारी लगाएत अन्य सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आफुले संचालनमा ल्याएको शाखा कार्यालय बाट नागरिक लाई स्वस्थ राख्नको लागी (गानोदर्मा )रातो च्याउको उत्पादनका सामाग्रीहरु लगाएत दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराइने शाखा प्रमुख दिपक शाहिले बताउँनु भयो ।उहाँले पछिल्लो समयमा आम मानिसको स्वास्थ्यमा खानपानको कारण समस्या देखिने गरेको बताउँदै उक्त समस्या लाई निराकरण गर्न डिएकसनको महत्त्वपूर्ण भुमिका रहने बताउँनु भयो ।शाखा प्रमुख शाहिले डिएकसनका सामान प्रयोगकर्ताहरुलाई थप प्रशिक्षण सहित सामान विक्र गर्ने बताउँनु भएको छ ।
