१९ चैत्र २०८१/ सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकामा आधारभूत हाउस वाइरिङ तथा प्लम्बिङ्ग तालीम सम्पन गरिएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालू आ ब २०८१/०८२ को सीप बिकास तालिम तथा रोजगार बिकास कार्यक्रम अन्तर्गत उद्योग कार्यालय सल्यान र त्रिबेणि गाउँपालिका सल्यानको साझेदारीमा त्रिवेणि गाउँपालिका वडा नं.५ मा उक्त तालीम सम्पन्न गरिएको हो ।
आइतबार सम्पन भएको उक्त तालीममा वाइरिङ र प्लम्बिङ्ग सम्बन्धि विभिन्न सिपहरु सिकाइएको हो ।गाउँपालिका अन्तर्गत विभिन्न बस्ती समुदायहरुमा विद्युतीकरण र नयाँ डिजाइनका घरहरु निर्माण कार्य भैरहेकोले, बिधुत वायरिङ र प्लम्बिङ्ग सम्बन्धि सिप आर्जनले आफुहरु लाई सहजता थपेको सहभागी प्रशिक्षार्थीहरुले बताउनु भयो ।वडा नं.५ का १२ जना प्रशिक्षार्थीहरुले स्थानीय स्तरमै रोजगारी पाइने भएकोले तालीम पश्चात् ब्यबसाय स्थापना गरि आत्मनिर्भर बन्न समेत तालीमले सहयोग पुर्याउने बताउँनु भयो ।
त्रिवेणि गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वडा न५ का वडा अध्यक्ष बिमल रावत लगाएतको उपस्थिति रहेको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी ध्रुब बहादुर खत्रीले गर्नु भएको हो ।