११ चैत्र २०८१/ सल्यान
सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ गतियानामा जिप दुर्घटना भएको हो ।सोमबार विहान तिमिलेबाट सल्यान श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप दुर्घटना हुँदा, सल्यान शारदा नगरपालिकका १ का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका ३ तिमिलेका ६४ वर्षीय धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिता कुमारी बुढा, ३५ वर्षीय शेर बहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, गिता चन्दको १० वर्षीया छोरी इन्दिरा चन्द
घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।
उक्त घटनामा बनगाड कुपिण्डे नगरपालिका ५ की २१ वर्षीयाा भूमि राना, ६ वर्षीया एलिसा रावत, कुमाख गाउँपालिका ४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख गाउँपालिका २ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका १० का अनुपम बुढाथोकी र कुमाख गाउँपालिका २ की २६ वर्षीया ललिता बुढाथोकी रहेको उहाँले बताउनु भयो ।
घाइते सबैको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको खत्रीको भनाई छ । ब्रेक फेल भई जिप सडकमा पल्टिएको हुन सक्ने प्रहरीको भनाई छ ।