२१ फागुन २०८१/ सल्यान
नेकपा माओवादी केन्द्र शारदा नगर कमिटीले बिस्तारित वैठक सहित जनता संग माओवादी अभियान सुरु गरेको छ ।

पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा मंगलवार देखी सुरु भएको वैठक बाट उक्त अभियान सुरु गरिएको हो ।घरघरमा माओवादी जनजनमा माओवादी नारासहित छ महिनाको लागी तय गरिएको जनतासंग माओवादीअभियान लाई व्यापक बनाउने माओवादी केन्द्र सल्यानले जनाएको छ ।
बुधबार सल्यान श्रीनगरमा भएको बिस्तारित बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पालिका इन्चार्ज रत्नबहादुर वलीले फागुन २४ गते बागचौर नगरपालिका वडानं. ९ बाट अभियान उद्घाटन गरिने बताउनु भयो ।
उहाँले शारदा नगरपालिकामा २ दिन सम्म चलेको बिस्तारित बैठकले ६ महिने अभियानको कार्ययोजना तयार पारेको र कार्ययोजना अनुसार वडाहरूमा भेला तथा सम्मेलन, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन, वडा तथा नगरमा ज्ञापनपत्र पेश गर्ने र विशेष अन्तरक्रियाका साथ युवा विद्यार्थीसंग विशेष कार्यक्रम गर्ने निर्णय गरिएको बताउनु भयो ।
बैठकमै सहिद सप्ताहका अवसरमा गरिएको कार्यक्रममा पालिका भित्रका १३ जना सहिद तथा वेपत्ता योद्धाका परिवारलाई सम्मान पत्रले अभिनन्दन गरिएको थियो । कार्यक्रममा वेपत्ता तथा सहिद योद्धा वासुदेव शर्माका भाइ प्रेम शर्माले नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।एमालेका जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका पुर्व अध्यक्ष समेत रहनु भएका शर्मा लामो समयदेखी वामपन्थी आन्दोलन कृयाशिल हुनुहुन्थ्यो ।
शिक्षण पेशामा आवद्ध शर्माका दाई बासुदेवलाई माओवादीमा विचार राखेकै आरोपमा २०५९ बैशाख २३ गते जिल्ला शिक्षा कार्यालय सल्यानमा बोलाएर जिल्ला प्रशासन मार्फत राज्यले शाही सेनालाई बुझाएको थियो ।उहाँ लाई सिमखर्क व्यारेकबाट वेपत्ता पारिएको र राज्यले हत्या गरिसकेको हुनाले परिवारले काजकृया समेत गरिसकेको भाइ प्रेम शर्माले बताउनु भयो ।
पार्टीका प्रदेश सहइन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज कृती बहादुर पुन, केन्द्रीय सदस्यहरू टीका बुढाथोकी, रत्न बहादुर वलीले सम्बोधन गर्नु भएको थियो । त्यस्तै बैठकमा प्रदेश सदस्यहरू प्रमोद श्रेष्ठ, नवीन भडेल, हरी बहादुर डिसी, हिमाल यात्रीले सम्बोधन गर्नु भएको हो ।
नगर अध्यक्ष मोहन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव टोपेन्द्र बुढाले गर्नु भएको थियो ।