सल्यानमा सवारी दुर्घटनामा परि चालकको मृत्यु

१३ फागुन २०८१/ सल्यान

सल्यानमा सवारी दुर्घटनामा परि एकजनाको ज्यान गएको छ ।

गए राती जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानं.१ दमाचौर फारुलीबोटमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

रोल्पाको झ्यामबाट दमाचौर आउँदै गरेको रा १ क ५३० नम्बरको मिनी ट्रक सोमबार राती ११ः५५ बजे दुर्घटना हुँदा सोही गाडीका चालक रोल्पा गंगादेव गाउँपालिका वडा नं.३ का ३५ बर्षिया हरि चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । गम्भिर घाईते चालकलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल सल्यान पठाइए पनि उनको उपचारको क्रममै आज बिहान ६ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।मिनी ट्र्क सडक बाट करिव ५० मिटर तल खसेको थियो भने घटनाको बारेमा थप अनुसन्धान भैरहेकोे प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस