कुमाख गाउँपालिकाको अध्यक्ष कप रागेचौरमा सुरु

७ फागुन २०८१/ सल्यान

कुमाख गाउँपालिका सल्यानको अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको केन्द्र रागेचौरमा बुधवार देखि सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै कर्णाली सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी गरिरहेको भन्दै खेलाडीले अनुशासनपुर्वक सहभागिता जनाउनुपर्ने बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अधिकारीले कार्यक्रम सफलताको शुभकामना दिदै खेल क्षेत्रमा पनि खेलाडीहरुको सुन्दर भविष्य बन्दै गएको बताउँनु भयो ।

कार्यक्रम अध्यक्ष मान बहादुर बुढाथोकीले कार्यक्रममा सहभागीलाई धन्षवाद दिदै गाउपालिका अनुशासन र कर्तव्यनिष्ठ नागरिक बनाउनका लागि खेलक्षेत्रमा लागानी गरिरहेको बताउनु भयो ।
उपाध्यक्ष लाल बहादुर रावतको विशिष्ट आतिथ्यतामा भएको उद्घाटनमा पुर्व अध्यक्ष दिलमाया बुढामगर गिरी र उपाध्यक्ष डिल्लीराज जैसी लगायत सहाभागीहरूले शुभकामना मन्तव्य राखेका राख्नु भएको थियो ।
उहाँहरुले कार्यक्रममा शुभकामना मन्तव्य दिदै सरकारले गर्ने हरेक कार्यक्रमहरूमा सबैको उत्साहजनक सहभागिता हुनुपर्ने बताएका छन । सरकारले जनतामा उत्साह जनाउन सकेमा मात्रै सरकार सफल हुने उहाँहरुको भनाई थियो ।
त्यस्तै कार्यक्रममा वडाध्यक्षको तर्फबाट ६ नं वडाध्यक्ष कर्ण बहादुर विक, जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्क आचार्य, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, शिक्षक महासंघ कुमाखका अध्यक्ष टिकाराम आचार्य, नेपाली काग्रेशका इन्द्रराज शर्मा, नेकपा एमालेका रेमन्त शर्मा, प्रहरी निरिक्षक धर्मेन्द्र खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अध्यक्ष कप प्रतियोगितामा अन्तरवडा स्तरिय भलिवल, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, सटपट, ज्याव्लिङ थ्रो तथा दौडका खेलहरू हुनेछन ।
खुला व्याडमिन्टन प्रतियोगिताको खेल समेत समेटिएको कपमा सबै इभन्टमा प्रथम र द्वितीय हुने वडालाई क्रमशः ३० हजार र २० हजारले पुरस्कृत गरिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख दिपक चन्दले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस