गैरसरकारी संस्था महासंघ नेपाल सल्यानको सातौ अधिवेशन सम्पन्न

२० माघ २०८१/ सल्यान

गैरसरकारी संस्था महासंघ नेपाल सल्यानको अध्यक्षमा रामचन्द्र रेग्मी चयन हुनु भएको छ ।

शनिबार सल्यान खलंगामा भएको सातौं जिल्ला अधिवेशनबाट रामचन्द्र रेग्मी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनु भएको हो ।
यस्तै महा संघको उपाध्यक्षमा खड्ग शाही, सचिवमा जितेन्द्र डागी, सह-सचिवमा पूजा शर्मा, र कोषाध्यक्षमा केशरी श्रेष्ठ चयन हुनुभएको छ।समितिको सदस्यहरूमा मानसिंह विक,रमेश भण्डारी, मोहन ओली, धन ब नेपाली, तुलसा रावत, बम बहादुर केसी, शान्ता नेपाली, र पार्वती सुनार रहनुभएको छ।

नयाँ नेतृत्वले जिल्लाभित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस