९ माघ २०८१/ सल्यान
सल्यानको कपुरकोटस्थित रिपिटर टावरको मुनि ग्रिनेट बम फेला परेको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका ४ किमीचौरस्थित रिपिटर टावरको मुनि एउटा ग्रिनेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।स्थानीयहरुले झाडी सरसफाईमा गएको बेला उक्त बम देखेपछि प्रहरीलाई खबर गरेको,जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख केशर कुमार न्यौपानेले जनाउनु भयो ।
उहाँले मंगलवार बेलुकीपख ग्रिनेट फेला परेपछि डिस्पोजका लागि नेपाल आर्मीलाई आग्रह गरिएको र भौगोलिक रूपमा दाङसँग सिमाना जोडिएको र कपुरकोटको दुरी टाढा भएका कारण आर्मीले बुधबार मात्रै त्यो डिस्पोज गर्ने भएको हो ।
प्रहरीका अनुसार घटनास्थल प्रहरीले आर्मी नपुग्दासम्म सुरक्षा दिएर राख्नेछ । द्वन्द्वकालमा आर्मीसहितको संयुक्त सुरक्षा फौजले रिपिटर टावरहरूको सुरक्षा दिने गर्दथ्यो । त्यही क्रममा त्यो ग्रिनेट छुटेको हुन सक्ने प्रहरीको अनुमान छ ।