जन्म दिनको अवसरमा शैक्षिक सामाग्री बितरण

३ माघ २०८१/ सल्यान

सल्यानमा एक युवाले आफ्नो जन्म दिनको अवसरमा बिद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गर्नु भएको छ ।

सामाजिक अभियन्ता ज्ञानेन्द्र पुनले जन्मदिनको अवसरलाई समाजसेवामा रूपान्तरण गर्दै करिब १८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।बिहीवार शारदा नगरपालिकाको वडा नम्बर ६ मा रहेको श्री शारदा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको पुनले बताउनु भएको छ ।

जन्मदिनमा अनावश्यक खर्च नगरी समाजसेवा गर्ने उद्देश्य राखेको बताउँदै पुनले बालबालिकाहरूलाई गुणस्तरीय शिक्षासँग जोड्न सहयोग गर्ने प्रयास गरेको बताउनु भयो । वितरण गरिएको सामग्रीमा २० दर्जन कापी, १८ दर्जन कलम, २ सेट ब्याडमिन्टन, ५ सेट लुडो, १८ ओटा ज्यामिति बक्स र ६ ओटा चार्ट बोर्ड समावेश गरिएको छ ।

 

कार्यक्रममा विद्यार्थीहरूले पुनलाई जन्मदिनको शुभकामना दिँदै धन्यवाद व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक ओम लाल बुढाथोकीले शिक्षामा देखिएको पुनको लगावलाई सराहना गर्दै धन्यवाद ज्ञापन गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कूपा बुढाथोकीले पनि पुनको प्रयासले शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहरा, टेकमाण्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख संगम विहानी, सामाजिक अभियन्ताहरू, शिक्षकहरू तथा विद्यार्थीहरूको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकायले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस