शैक्षिक गुणस्तर अभिवृद्धिका लागी प्रधानाध्यापक संग अन्तरक्रिया सम्पन्न

९ पौष २०८१/ सल्यान

सल्यानमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसंग अन्तरक्रिया सम्पन्न गरिएको छ ।

शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका तथा कालिमाटी गाउँपालिकाका प्रधानाध्यापकसंग आइतबार खलंगामा र बाँकी पालिकाका प्रधानाध्यापकहरुसंग सोमबार श्रीनगरमा अन्तरक्रिया गरिएको हो ।

जिल्लामा रहेका माध्यामिक विद्यालयका प्रधानाध्यापकसंग आइतबार र सोमबार छुट्टाछुट्टै गरिएको अन्तरक्रियामा शिक्षा विकास तथा समन्वय इकाईले २४ वुदामा सल्यान शैक्षिक प्रतिवद्धता २०८१ समेत प्रस्तुत गरेको छ।

इकाई प्रमुख विष्णु प्रसाद वेल्वासेले प्रस्तुत गरेका २४ वुदे प्रतिवद्धतामा पाठ्यक्रमले निर्धारण गरेको कार्यघण्टी अनुसारको समय तालिका निर्माण र प्रयोग, शन्दर्भ सामाग्रीको व्यवस्था, कक्षाकोठा तथा शौचालय र सिकाई क्षेत्रहरुको वालमैत्री र गुणस्तरीयता जस्ता विष्यलाई समेटिएको छ।
सरसफाइैदेखि फूलबारी र करेसाबारी सम्मको विषय समेटिएको प्रतिवद्धतामा विज्ञान प्रविधिको प्रयोगका साथै विद्यालयको व्यवस्थापनका विषयलाई पनि जोड दिइएको छ । त्यस्तै पुस्तकालय, प्रयोगशाला, वुककर्नर र आधुनिक प्रविधिको प्रयोग तथा परिक्षापछि अभिभावक सहित नतिजा विश्लेषणका साथ विभिन्न अधिकारी र आचारसंहिताको विषयलाई पनि समेटिएको छ।
विभिन्न समितिका साथ अभिभावक अन्तरक्रियाको विषय उठान गरिएको प्रतिवद्धतामा परिक्षालाई पनि व्यवस्थित, मर्यादित, अनुशासित र भयरहित बनाउनुका साथै संचार माध्यामको प्रयोगलाई जोड दिइएको छ।
कार्यक्रममा जिल्ला शिक्षा समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख वेलाराम रावलले शिक्षकहरु सबैका गुरु भएकाले जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भएको छ । उहाँले राजनीतिक दल तथा अरुले गलत गर्दा शिक्षकहरुले सुधारका लागि सहयोग गर्नुुपर्ने भन्दै समाजमा अभिभावक, व्यवस्थापन समिति, स्थानीय सरकार सबैसंग मित्रता कायम राख्नुपर्ने बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सामाजिक चासोको विषय शैक्षिक संस्था भएकाले शैक्षिक संस्थाका संचालकहरु जिम्मेवार बनेर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा शिक्षक महासंघ सल्यानका अध्यक्ष लक्ष्मी नारायण केसी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, नेपाल शिक्षक संघका अध्यक्ष बामदेव अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विन्दुर केसी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष टिकाराम आचार्य, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विक्रम बोहरा लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस