८ असोज २०८१/ काठमाण्डौ
दसैंका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनु भएको छ ।

यस्तै त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङ
र सल्यान रुकुम यातायात प्रालि सल्यानले दशै तिहारको लागि घर फर्कने यात्रुहरुलाई समयमै टिकट लिएर आरामदायी यात्रा गर्न अनुरोध गरेका छन् ।
त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमालले चाड पर्वको समयमा यात्रुहरूलाई आरामदायी र सुरक्षीत यात्राको लागी आफुहरु तयारी अवस्थामा रहेको बताउँनु भयो ।उहाँले दशैको समयमा दोहोरो टिकट पर्ने,यात्रुले सोचे अनुसारको टिकट नपाउने समस्याको समाधानका लागी आफुहरु सचेत रहेको बताउँनु भयो । अध्यक्ष हमालले दशैको समयमा काठमाण्डौ बाट दाङ लगाएतका जिल्लामा आउने यात्रुहरुलाई सहज पार्नको लागि यात्रु साहयता कक्ष स्थापनाको लागि कर्मचारीहरु लाई निर्देशन दि सकेको जानकारी गराउदै यात्रुको चापलाई मध्यनजर गर्दै स्ट्रा गाडीहरुको समेत व्यवस्था गर्ने बताउनु भयो ।
यस्तै सल्यान रुकुम यातायात प्रालि सल्यानका अध्यक्ष अरविन्द कुमार राइले दशैको समयमा काठमाण्डौ बाट घर फर्कने यात्रुलाई सहज यात्रा गराउनको लागि आफुहरु तयार रहेको बताउँनु भयो ।अध्यक्ष राईले यात्रुलाई गुणस्तरीय सेवा दिन आफुले सम्बन्धित काउन्टरका कर्मचारी,गाडी धनी र स्टापहरुलाई निर्देशन दि सकेको बताउनु भयो । आफ्नो प्रालि द्वारा सञ्चालित एसी तथा डिलक्स बसहरुमा काठमाण्डौ बाट सल्यान, रुकुम,रोल्पा,जाजरकोट सम्मका यात्रुहरु चढ्ने भएकाले दाङ सल्यान सडकको सुधारका लागी समेत आफुहरुले सरोकारवाला निकाय संग सहकार्य गर्ने बताउनु भएको छ ।