त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. द्वारा धार्मिक प्रतिक्षालय निर्माण

१६ भदौ २०८१ / सल्यान

सल्यान खैरावाङ मन्दीरको परिसरमा धार्मिक प्रतिक्षालय निर्माण गरिएको छ ।

मन्दीरमा पुजा आराधना गर्न आउने श्रद्धालु भक्तजनहरु लाई बस्नको लागी सहजता होस भन्ने उद्देश्यका साथ त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङले करिव ३ लाखको लागतमा उक्त प्रतिक्षालय निर्माण गरेको हो ।

शनिबार धार्मिक प्रतिक्षालयको उद्घाटन गर्दै शारदा नगरपालिका सल्यानका नगरप्रमुख प्रकाश भण्डारीले एउटा व्यवसायीक संस्थाले महत्वपूर्ण सार्वजनिक स्थानमा नागरिकको सहजताका लागी प्रतिक्षालय निर्माण गर्नु भनेको प्रा.लि.को सफलता भएको बताउँनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भण्डारीले सामाजिक कार्यमा सधै अग्रसर हुने प्रा.लि.का अध्यक्ष सुरेश हमाल र उहाँको सम्पुर्ण टिमले सल्यानको लागी सकारात्मक कार्यको थालनी गरेको बताउनु भयो । नगर प्रमुख भण्डारीले देशको चौथो प्रा.लि.का रुपमा आफुलाई स्थापित गर्न सफल त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. संग खैरावाङ मन्दिरको प्रचारप्रसार गर्नको लागी शारदा नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनु भयो ।उहाँले खैरावाङ मन्दीरको तस्वीर सहितको स्टिकर प्रालि द्वारा संचालित सम्पुर्ण गाडी टासेर देश बिदेशमा समेत मन्दीरको प्रचारप्रसार गर्न सकिने भन्दै त्यसको लागी सहकार्य गर्न आग्रह गर्नु भयो ।नगर प्रमुख भण्डारीले सकारात्मक कार्यको लागी प्रा.लि.परिवारलाई धन्यवाद दिदै सल्यानको शारदा नगरपालिकाको बिकासको लागी आफु निरन्तर लागी परेको बताउनु भयो ।

यस्तै धार्मिक प्रतिक्षालय र बिश्वकर्मा बाबाको मन्दिर निर्माण कार्यमा त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङ यातायात क्षेत्रमा देशकै पहिलो भएको प्रा.लि.का अध्यक्ष सुरेश हमालले बताउँनु भयो । अध्यक्ष हमालले दियो अनलाइन संग कुरा गर्दै यात्रुलाई समय अनुसारको गुणस्तरीय सेवा दिदै सामाजिक कार्यमा समेत आफुहरु अग्रसर रहेको बताउनु भयो । उहाँले हाल सम्म त्रिशिद्वेश्वरी बिश्वकर्मा मन्दीर तुलसीपुर,बिश्वकर्मा मन्दीर घोराही लमही सडक खण्ड को मुसोट, बबई गाउँपालिका दाङ सल्यान सिमानमा पर्ने एक्लेबर,अमिलिया सडक खण्ड को सानो लेख,
तुलसीपुर सल्यान रोड राम्रीमा बिश्वकर्मा बाबाको मन्दीर निर्माण गरिएको र तुलसीपुर बसपार्कमा निर्माण कार्य भैरहेको बताउनु भयो ।यस्तै दाङको मुकुटी,दाङको धारपानी,प्युठानको स्वर्गद्वारी, तुलसीपुर बसपार्क,रोल्पाको होलेरी र सल्यानको खैरावाङमा समेत धार्मिक प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष हमालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका कल्याणकारी सह संयोजक दिवाकर न्यौपानेले सल्यानको पुन्य भुमि खैरावाङ मन्दीरको परिसरमा धार्मिक प्रतिक्षालय निर्माण गर्न पाउदा आफुहरु खुसी भएको बताउनु भयो ।उहाँले आफ्नो प्रालिले देशका बिभिन्न जिल्लामा धार्मिक मान्यता अनुसार मठमन्दिर निर्माण गर्दै आएको बताउँनु भयो ।सह संयोजक न्यौपानेले सल्यानको खैरावाङ मन्दीरको परिषरमा पनि भक्तजनको सहजताका लागी प्रतिक्षालयको आवश्यक्ता देखिएकोले आफुहरुले प्रतिक्षालय निर्माण गरेको बताउनु भयो ।

प्रतिक्षालय उद्घाटन कार्यक्रममा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी,उपप्रमुख सुस्मिता सापकोटा,वडा नं.११ का वडा अध्यक्ष राजेश कुमार शर्मा,त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका प्रशासनिक सह संयोजक प्रितम कुमार श्रेष्ठ,कल्याणकारी सह संयोजक ज्ञान बहादुर खत्री ( ज्ञानु ) दिवाकर न्यौपाने, लेखा सह संयोजक बिरेन्द्र कुमार खत्री,रुट संयोजक वेद बहादुर खत्री,सल्यान दुर्घटना इन्चार्ज आनन्द कुमार श्रेष्ठ,नेपाली काङ्ग्रेसका युवा नेता दिपक कुमार शर्मा,लगाएत पत्रकार,सुरक्षाकर्मी, सर्वसाधारण,सल्यान रुकुम यातायात प्रालिका कर्मचारीको सहभागिता रहेको थियो ।

खैरावाङ भुवनेश्वरी मन्दीर धार्मिक क्षेत्र बिकास समितिका अध्यक्ष छवि कुमार शर्माको अध्यक्षता,उपाध्यक्ष ओम बहादुर थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङका प्रशासनिक सह संयोजक प्रितम कुमार श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस