१ भदौ २०८१ / सल्यान
सल्यानको एक बिधालयले अभिभावक टोल समन्वय समिति गठनमा तिब्रता दिएको छ ।
जिल्लाको दार्मा गाउँपालिकाको फारुलाचौरमा रहेको जनज्योति माध्यमिक बिधालयले शुक्रवार मात्र २४ टोलमा अभिभावक टोल समन्वय समिति गठन गरेको हो ।
विद्यार्थी,अभिभावक,शिक्षक तथा सरोकारवाला निकायको त्रिकोणात्मक सम्बन्ध बाट बिधालयको शैक्षिक सुधार लगाएत अन्य बिकास गर्न सहज हुने भएकाले बिधालयले आफ्नो सेवा क्षेत्र भित्र टोल समन्वय समिति गठन गर्न लागी परेको जनज्योति माध्यमिक बिधालयका प्रधानाध्यापक मिन बहादुर वलीले बताउँनु भएको छ ।
शैक्षिक गुणस्तर कायम गरि दक्ष जनशक्ति उत्पादन गर्नु आफुहरुको पहिलो उद्देश्य रहेको भन्दै प्रधानाध्यापक वलीले उक्त कार्यमा सहयोग गरि प्रभावकारी बनाउन सवैलाई अनुरोध गर्नु भयो ।
उहाँले टोल अभिभावक समन्वय समितिको वैठक प्रत्येक महिनाको मसान्तसम्म बस्ने, वैठकको सहजीकरण बिधालयले गर्ने,वैठकमा उठेका बिषयहरु बिधालयमा समावेश गरि छलफल गरिने बताउँनु भएको छ ।
बिधालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक स्टाप र सरोकारवालाहरुको सक्रियतामा उक्त टोल समन्वय समिति गठन गरिदै आएको छ ।