२६ चैत २०८०/ सल्यान
सल्यानमा आगलागी हुँदा १ करोड ९० लाख बराबरको क्षति भएको छ ।
जिल्लाका दुइ छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करोडौंको क्षति भएको हो ।
शनिवार राति बागचौर नगरपलिका वडा नम्बर ७ टाटकेमा चुडामणि वलीको घरमा रहेको कपडा पसल तथा खुद्रा पसलमा आगलागी हुँदा १५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । बिधुतको तार सट भइ आगलागी हुँदा उक्त घरको ३ वटा कोठा पुर्ण रुपले क्षति भएको बताइएको छ । यस्तै सोही दिन वडा नम्बर ११ रातामाटाका कमल वलीको कपडा पसल र डेन्टल पसल,गणेश वलीको मोटरसाइकल ग्यारेज र किराना पसलमा आगलागी हुँदा १ करोड ७५ लाख बराबरको क्षति भएको छ ।
घुम्तीपसलमा रहेको कपडा,डेन्टलको सम्पुर्ण सामाग्री,मोटरसाइकल ग्यारेज र किराणा सामान पुर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार दुवै स्थानमा बिधुतको तार सट भइ आगलागी भएको बताइएको छ ।
