२४ चैत २०८०/ सल्यान
सल्यानको दमाचौर बृहत कृषि, पर्यटन, संस्कृतिक तथा व्यापारी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

चैत २५ गते आइतबार उद्घाटन हुने महोत्सवको पुर्णरुपले तयारी भएको आयोजक टिमले जनाएको छ ।
“पर्यटन, खेलकुद तथा संस्कृति दमाचौरको सान, मौलिक कला संस्कृति संरक्षण हाम्रो अभियान” भन्ने नारासहित संचालन हुने
महोत्सवमा देशका ख्यातिप्राप्त तथा स्थानीय कलाकाहरुको प्रस्तुति रहने महोत्सवका संयोजक प्रकाश हमालले बताउनु भएको छ ।

छत्रेश्वरी गाउँपालिका १ का वडाध्यक्ष समेत रहनु भएका हमालले उक्त क्षेत्रका जनतालाई सुपथ मुल्यमा सहज बनाउनको लागि ८० वटा व्यापारिक स्टल महोत्सव भित्र रहने बताउनु भएको छ ।उहाँले महोत्सव अवलोकन गर्न सल्यान र रोल्पाका जनतालाई दमाचौर पायक पर्ने बताउनु भएको छ ।
दमाचौरमा धेरै वर्ष पछि महोत्सव संचालन हुन लागेकाले धेरैले महोत्सव अवलोकन गर्ने महोत्सवका सहसंयोजक सुरेन्द्र चन्दले बताउनु भएको छ ।उहाँले महोत्सव वैशाख ६ गते सम्म संचालन हुने र स्थानीय कला साँस्कृतिक लगाएत पर्यटन प्रवर्द्धनको लागि बिशेष प्रस्तुतिका साथै पर्दर्शन गरिने बताउनु भयो ।