१९ माघ, सल्यान
सल्यानमा रुख बाट लडेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको बागचौर नगरपालिका वडानं।१० पिपलनेटा स्यालागाउका ६० बर्षिया ध्वजबहादुर केसीको रुख बाट लडेर मृत्यु भएको हो ।
केसी शुक्रवार बिहान साढे ७ बजे आफ्नै घाँस काट्ने क्रममा,आफ्नै बारिमा रहेको भिमलको रुखबाट लडेर घाइते भएको र श्रीनगरमा रहेको परोपकार हस्पिटल प्रालिमा उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा लिएर उपचार गर्दै गर्दा दिउँसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
केसीको मृत्यु पश्चात् घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब निरीक्षक भवानी प्रशाद धमलाको कमाण्डमा पाँच जना प्रहरी गएर अनुसन्धान गरेको प्रहरीको भनाइ छ ।