शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयको प्रशासनिक र प्रयोगशाला भवन उद्घाटन ।

१० मंसिर, सल्यान
सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ स्थित शहिद नेत्रलाल अभागी बहुप्राविधिक शिक्षालयमा निर्मित प्रशासकीय र प्रयोगशाला भवन उद्घाटन गरिएको छ ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उक्त भवनको उद्घाटन गर्नुभयो ।


उद्घाटन पश्चात बोल्दै मन्त्री ज्वालाले शिक्षालयमा आइटी र फार्मेसी विषय थप गर्नको लागि सहयोग गर्ने बताउनु भयो ।
उहाँले प्राविधिक शिक्षा हासिल गरेर स्वदेशमै रोजगारीको प्रसस्त अवसर भएकाले मेहेनतका साथ पढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि शारदा नगरपालिकाका उप प्रमुख सुस्मिता सापकोटा सुनारले शारदा नगरपालिकामै प्राविधिक शिक्षालय हुनु हामी सबैको लागि कुरा भएको बताउनु भयो । प्राविधिक ज्ञान हासिल गरे रोजगारीका अवसर थुप्रै भेटिने विद्यार्थीले भएकाले मन लगाएर पढ्नु पर्ने उहाँले बताउनु भयो ।


समारोहमा शहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानका संरक्षक बिष्णु पौडेल, प्रतिष्ठानका अध्यक्ष शम्भु गौतमले बोल्नु भएको थियो ।
शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष, निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काको अध्यक्षतामा भएको समारोहमा शिक्षालय प्रमुख बिर बहादुर बिकले स्वागत मन्तव्य राख्नुभएको थियो ।

समारोहमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी र स्थानीयको उपस्थिती रहेको थियो । समारोहको सहजीकरण शिक्षालयका प्रशिक्षक इन्जिनियर प्रदीप सुवेदीले गर्नुभएको थियो ।
शिक्षालयमा निर्मित प्रशासकीय र प्रयोगशाला भवनको पन्त आकृति जेभि बुटवलले भ्याट बाहेक २ करोड ९५ लाख ४५ हजार ८१३ रुपैँयामा निर्माण सम्पन्न गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस