रुकुम पश्चिममा जिप दुर्घटना,२२ जना घाइते ५ को अवस्था गम्भीर

४ मङ्सिर २०८०/सल्यान

रुकुममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडानं.८ गैरीजिउलामा भएको जिप दुर्घटनामा परि २२ जना यात्रु भएकाहुन ।

सोमबार विहान चौरजहारी नगरपालिका,खोलागाउ बाट सदरमुकाम मुसीकोट खलंगा तर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको प्रहरीले जनाएको छ।

जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएको र ५ जना यात्रुको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ रहेको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको र उद्धार कार्य अहिले पनि जारी रहेको प्रहरीले प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस