१ कार्तिक २०८०/ सल्यान
सल्यानको बागचौरमा शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगरको आयोजनामा बडा दशै तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बागचौरमा नगरपालिका भित्र भएको शैक्षिक समस्यालाई समाधान गर्नको लागि सवै एक हुनुपर्ने बताउनु भएको छ ।शिक्षामा थुप्रै समस्या देखिएको र ति समस्याको पहिचान भएकाे , ती समस्याकाे समधानका उपायहरुमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा एकीकत अखिल नेपाल शिक्षक संगठन पुर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रत्न बहादुर वली,नेपाली काङ्ग्रेसका प्रदेश सह महामन्त्री एकराज डाँगी,माओवादी केन्द्रका नेताहरुटिकाराम वली, ज्ञान बहादुर वली, एकीकत अखिल नेपाल शिक्षक संगठन केन्दिय कार्यालय सदस्य टेकबहादुर डिसी, प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनका केन्दिय सदस्य चक्रपानी गौतम,एकीकत अखिल नेपाल शिक्षक संगठन प्रदेस उपाध्यक्ष, उमेश कुमार बुढाथाेकी लगाएतको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा बागचौर नगरपालिकाका निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकी,नेकपा माओवादी केन्द्र बागचौरका अध्यक्ष सोभाराम भण्डारी, नेपाली काँग्रेसका नेता गोरख केसी,शिक्षक रविकिरण वली हेमेन्द्र प्रकाश वली लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर अध्यक्ष नरेश कुमार केसीले गर्नु भएको थियो।