१४ असोज २०८०/ सल्यान
नेकपा माओवादी केन्द्र बागचौरको समिक्षा वैठक सम्पन्न भएको छ ।
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नगर समितीको आयोजनामा भएको वैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले माओवादीको तीन महिने अभियानले २०८४ को निर्वाचनमा बहुमत ल्याउने शक्ति स्थापित गर्ने बताउनु भएको छ ।पार्टीका केन्द्रिय सदस्य तथा सरकारका पुर्व मन्त्री समेत रहनु भएका भण्डारीले बागचौर नगरपालिका जिल्लामै जनयुद्धका प्रथम शाहीद भएको रक्तिम भुमि भएको बताउनु भएको छ ।
उहाँले जनयुद्धका सहिद,घाइते,अपाङ्गहरुको सपनालाई पूरा गर्नको लागी,कटिबद्ध भएर लागि पर्न कार्यकर्ताहरु लाई निर्देशन दिनुभएको छ ।उहाँले रुपान्तरण अभियानले पार्टीका नेता कार्यकर्ताहरु आफू रुपान्तरण भएर समाज रुपान्तरणको अभियानमा लाग्न अनुरोध गर्नु भयो ।
वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागचौर नगरपालिकाका इन्चार्ज देविलाल गौतम,पार्टीका केन्द्रिय सदस्य,नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा शिद्वकुमाख गाउँलिका इन्चार्ज कृर्ती बहादुर पुन ( प्रकाण्ड) केन्द्रिय सदस्य ज्ञानबहादुर वली ( माइकल ) पार्टीकि प्रदेश सदस्य सुम्निमा डिसी लगाएतले पार्टी निर्माणको अभियानलाई तिब्रताका साथ अगाडि बढाउनु पर्ने बताउनु भएको छ ।उहाँहरुले माओवादीले ल्याएका उपलब्धिहरुलाई रक्षा गर्न माओवादीनै लागि पर्नु पर्ने बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका बागचौर नगरसमिति अध्यक्ष सोभाराम भण्डारीको अध्यक्षतामा भएको वैठकमा वडाका समिक्षात्मक रिपोर्टिङहरु पेश गरिएको थियो ।