०८ असोज २०८०/ सल्यान
सल्यानमा गाडी दुर्घटना दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.३ चोरखोला सेतापैरा नजिक भएको गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।
रोल्पा बाट तरकारी लिएर दाङ तर्फ जादै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सोमबार विहान करिव ६ बजेर १५ मिनेटमा दुर्घटना हुँदा गाडी चालक तुलसीपुर उपमहानगर पालिका १८ निवासी अन्दाजी बर्ष २६ का भक्तबहादुर घर्ती र गाडी धनी सोही ठाउँ निवासी बर्ष ५० का गणेश बुढाको मृत्युु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परि तुलसीपुर उपमहानगरपालिका २ निवासी बर्ष ३५ का नारायण योगी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउँनु भएको छ ।
गाडी सडक बाट अन्यन्त्रीत भएर करिव ३ सय५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।