सिंगापुरबाट सल्यान आएका डाक्टर द्वारा बिरामीको चेकजाँच गरिदै

१८ भदौ २०८०/ सल्यान

सल्यानमा सिंगापुरबाट आएका डाक्टर द्वारा बिरामीको चेकजाँच तथा उपचार गरिदै छ ।

जिल्लाको शारदा नगरपालिका वडानं.१ शितलपार्टीमा रहेको शिवजन क्याम्पसको प्रआगनमा उक्त बृहत सिविर संचालन गरिएको हो ।

शारदा नगरपालिका सल्यान र नेपाल खृष्टियान समाज सल्यानको आयोजना सुरु भएको उक्त बृहत शिविरको सोमवार उद्घाटन गर्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले नागरिकको स्वास्थ्य प्रति आफु चिन्तित रहेको बताउनु भयो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले नागरिकलाई स्वस्थ राख्न विभिन्न सेवा प्रवाह नगरपालिकाले गरिरहेको बताउदै विरामीहरुलाई लाभ मिल्न सकोस भन्ने उद्धेश्यले शिविरको आयोजना गरेको बताउनु भयो ।

स्वास्थ्य परिक्षण गरौ,निरोगी र स्वस्थ्य जीवन जिउ भन्ने मुलनारा सहित संचालन भएको उक्त ३ दिने शिविरमा सिंगापुरबाट आएका ४ जना विशेषज्ञ डाक्टरहरु,२ जना फार्मेसिस्ट, २ जना नर्स र नेपालका विभिन्न अस्पतालमा कार्यरत २ जना विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परिक्षण गर्ने नगरपालिकाले जनाएको छ ।

भाद्र २० गते सम्म संचालन हुने शिविरमा महिला रोग, बाल रोग, मुटु रोग तथा दात रोग विशेषज्ञ डाक्टरहरुले सेवा दिने बताइएको छ ।आज पहिलो दिन करिव ३ हजार बढी बिरामीले सेवा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस