शिक्षकको माग गर्दै कतै बिधालयमा तालाबन्दी,कतै बिधालय बिदा

११ भदौ २०८०/ सल्यान

सल्यानको बागचौर नगरपालिका भित्र यति बेला बिद्यार्थीले आफै पढ्ने बिधालयमा तालाबन्दी गर्न थालेका छ्न ।

बागचौर नगरसरकारले पहिले देखि कार्यरत नगर अनुदानका शिक्षकलाई हटाएर,पुन परिक्षा गराएर शिक्षक भर्ती गर्ने भनेता पनि महिनौं बितिसक्दा पनि शिक्षकको पदपूर्ति गर्न चासो नदेखाएपछि विद्यार्थीहरुले बिधालयमा तालाबन्दी गर्न थालेको बताइएको छ ।

आइतबार सरस्वती माध्यामिक बिधालय बागचौर नगरपालिका वडा नं.६ जामुनेचौरको बिधालयमा बिद्यार्थीले तालाबन्दी गरेका छ्न,भने सोमबार अम्मरज्योती माध्यामिक बिधालय बागचौर नगरपालिका वडा नं.३ चौरपानी र शिशुकल्याण माध्यामिक बिधालय बागचौर नगरपालिका वडा नं.११ हारिचारमा बिद्यार्थीले बिधालयमा तालाबन्दी गरेका हुन। गत साउनमा बागचौर नगरपालिकाले नगर अनुदानमा कार्यरत शिक्षकहरुलाई हटाएर पुन परिक्षा गराउने निर्णय गरेको र शिक्षकको पहिलो चरणको परीक्षा समेत गराएको तर अहिले सम्म पनि बिधालयमा शिक्षक नपठाउदा बिधालयको पढाइ अस्तब्यस्त भएको भन्दै आफुहरु बिधालयमा तालाबन्दी गर्न बाध्यभएको तिनवटै बिधालयका बिद्यार्थीहरुले बताएका छन् ।

सरस्वती माध्यामिक बिधालय बागचौर नगरपालिका वडा नं.६ जामुनेचौरमा नगर अनुदान र निजिस्रोतका ६ जना, अम्मरज्योति माध्यामिक बिधालय बागचौर नगरपालिका वडा नं.३ चौरपानीमा नेपाली,गणित र सामाजिक बिषयका ३ जना र शिशुकल्याण माध्यामिक बिधालय बागचौर नगरपालिका ११ हारिचारमा ३ जना शिक्षक नहुदा पठनपाठनमा असरपुगेको उनिहरुले बताएका छन् ।

यस्तै श्री सहिद भरत स्मृति बिधालय बागचौर नगरपालिका वडा नं.५ शिर्पामा पनि शिक्षकको अभावमा बिधालय बिदा गरिएको छ ।
बिधालयमा भएका नगर अनुदान,निजि स्रोत र भोलेन्टर गरी ६ जना शिक्षकलाई नगरपालिकाले बिबिभिन्न बहानामा हटाएपछि बिधालयको पठनपाठन अबरुद्ध भएको एक अभिभावकले बताउनु भएको छ ।उहाँले बागचौर नगरसरकारले फरक पार्टीमा आस्थावान शिक्षकहरुलाइ विभिन्न बहानामा हटाएर आफ्नो पार्टी निकट शिक्षक लाई भर्ती गर्ने परिपाटी मिलाउन खोजेको तर अहिले सम्म पनि शिक्षक बिधालयमा नपठाउदा नगरभित्रका अधिकांश बिधालयहरुको पठनपाठनमा असर पुगेको बताउनु भयो ।

आवश्यक शिक्षकको पदपूर्ति जति सक्यो छिटो नगरसरकारले गर्नु पर्ने भन्दै बिद्यार्थीहरुले उक्त बिषयमा नगरले चासो नदेखाए मंगलवार देखि नगरपालिकामा गएर आन्दोलन गर्ने बताएका छन् ।

यता नगरपालिकाले शिक्षकहरूको पहिलो पेपरको परीक्षा गराइ सकेपनी विभिन्न कारणले दोस्रो पेपरको परीक्षा हुन नसकेको बताएको छ ।परिक्षाको समय आइसक्दा पनि शिक्षकहरुलाई बिधालयमा पठाएर नियमित पठनपाठन गराउन नसक्दा आफुपनी चिन्तीत बनेको र त्यसको लागि नगरप्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत संग आफुले छलफल गरिरहेको बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख चित्रा बस्नेतले बताउनु भएको छ ।उहाँले उक्त समस्याको समाधान केही दिन भित्रै गरि सक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस