३२ साउन २०८०/ सल्यान
महिलाको तिलहरी लुड्दै गरेका एकजना युवा लाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार तुलसीपुर नयाँ बसपार्क नजिकै सल्यानकी निर्मला खत्रीको तिलहरी लुट्दै गर्दा तुलसीपुर १८ का नवीन सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
नविनले दाङ तुलसीपुर आफ्नी बुहारीलाई भेट्न गएकी सल्यानकि निर्मलालाई,बुहारीको घर सम्म पुर्याइने प्रलोभन देखाई मोटरसाइकलमा बसाएर बसपार्क देखि केही मिटर टाढा लिएर तिलहरी लुटिएको र महिला चिच्याएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सुनारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।