७३ बर्षिया बृद्वामाथी बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

५ साउन २०८०/ सल्यान

दाङमा ७३ बर्षिया बृद्वा माथि बलात्कार भएको छ ।

दाङको तुलसीपुर नयाँ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७८४८ नम्बरको बस भित्र बृद्वामाथि बलात्कार भएको हो ।विहिवार राति उक्त बस भित्र प्युठान घर भएकी ७३ बर्षिया बृद्वामाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख पुष्पराज मल्लका अनुसार बृद्वामाथि बलात्कार भैरहेको सूचनाको आधारमा प्रहरी टोली घटना स्थलमा पुगेको र घटना स्थलबाट दुइजनालाई पक्राउ गरेको बताउनु भयो ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका वडा नं. ७ का २० वर्षीय रेशम विक रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस