४ साउन २०८० / सल्यान
सल्यानको कुमाखमा पहिलो पटक लगाइएको चैते धानको परिक्षण सफल भएको छ ।

गत चैतमा कुमाख गाउँपालिका २ मा परिक्षणको लागी
चैत ५ जातको धान रोपिएको र उक्त जातको धान परीक्षण सफल भएको बताइएको छ ।
अहिले धानका बाला राम्रो लागेकाले यो जातको धानको परीक्षण सफल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सल्यानका हेमन्त रावतले जानकारी दिनु भएको छ ।उहाँले परीक्षणका लागि तीन रोपनी क्षेत्रफलमा लगाएको धानको उत्पादन वर्षे धानको भन्दा राम्रो भएको बताउनु भयो ।

कुमाखमा चैत धान प्रति हेक्टर ५ मेट्रिक टन उत्पादन भएको रावतको भनाई छ । उहाँले भन्नु भयो यहाँको हावापानी, नदी किनार, पर्याप्त सिचाई सुविधा, मौसम अनुकूल हुँदा अपेक्षाभन्दा राम्रो उत्पादन भएको बताउनु भयो ।
सल्यानको कुमाखमा पहिलो पटक चैते धान रोपिएपनि,जिल्लाको कालिमाटी गाउँपालिकामा भने बर्षौ देखि चैते धानको खेति गरिदै आएको छ ।
