गोठमा आगलागी हुँदा २ गोरु जलेर मृत्यु

२ साउन २०८०/ सल्यान

सल्यानमा एक गोठ आगलागी हुँदा २ गोरुको जलेर मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं.७ किमिचौर निवासी मुना रोकाको १ तले कच्ची गोठमा आगलागी हुँदा २ गोरुको जलेर मृत्यु भएको हो ।

सोमबार राति करिव साढे ११ बजे गोठमा आगलागी भएको र उक्त गोठमा रहेका २ गोरुको मृत्यु भएको,एक गाइ र गाइको बाछो र २ वटा बाख्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं.७ का वडा अध्यक्ष जिवनसिंह ठकुरीले घटनाको बारे जानकारी दिएपछि,प्रहरी नायब निरीक्षक ॠषीराम दाहालको नेतृत्वमा घटना स्थलमा प्रहरी पुगेको र के कति कारणले आगलागी भएको हो भन्ने बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस