मुख्यमन्त्री उत्कृष्ट पुरस्कार बाट सल्यानका ९ किसान पुरस्कृत

१ साउन २०८० / सल्यान

सल्यानका ९ किसानलाई मुख्य मन्त्री उत्कृष्ट पुरस्कार बाट पुरस्कृत गरिएको छ ।

कर्णाली प्रदेश मुख्य मन्त्री उत्कृष्ट पुरस्कार बाट जिल्लाका नमुना योग्य काम गर्ने किसान लाई पुरस्कृत गरिएको हो ।पशु अस्पताल तथा पशु सेवा कार्यलय सल्यानको आयोजनामा आइतबार भएको कार्यक्रममा,पशुपालक किसान,माछापालक किसान र सहकारीलाई पुरस्कृत गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा जनजागरण गाई फर्म तथा दुध संकलन केन्द्र बागचौर नगरपालिका वडा नं. ५ का प्रेम बहादुर भण्डारी,
नविन बाख्रा पालन फर्म बनगाड कुपिण्डे नगरपालिकाका ४ का आशा बुढामगर, विएस कृषि तथा पशुपन्छी पालन फर्म कपुकोट गाउँपालिका १ का मन कुमारी घर्ती, दुरा पशु पंक्षी पालन फर्म शारदा नगरपालिका २ का निर्मला दुरा रहनु भएको छ ।

यस्तै कार्यक्रममा कर्णाली वाइल्डलाइफ पन्छी फर्म शारदा नगरपालिका १५ का लक्ष्मन बुढा, बुढाथोकी मत्स्ये एण्ड कृषि फर्म कालिमाटि गाउँपालिकाका केशर बुढाथोकी, हरीयालि भैंसीपालन कृषक समुह शारदा नगरपालिका ८ का भरत कुमार केसी,केसी कृषि तथा पशु पन्छी पालन फर्म दार्मा गाउँपालिका ५ का सरीता केसी र सहकारी तर्फ दुर्गा भवानि सामाजिक उधमी महिला सहकारी संस्था, त्रिवेणी गाउँपालिका १ की ओज कुमारी बुढाथोकी लाई पुरस्कृत गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख गोविन्द बहादुर महतले जानकारी दिनु भयो ।पुरस्कृत हुनेहरुलाई नगद रकम सहित,प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सांसद सुरेश अधिकारीले मुख्यमन्त्री पुरस्कार प्राप्त गर्न सफल किसानहरूलाई बधाई ज्ञापन गर्दै आगामी बर्षहरुमा अझै उत्कृष्ट काम गर्न आग्रह गर्नु भयो ।उहाँले कर्णाली प्रदेशमा आज सल्यानका ९ जना किसान सम्मान हुँदा आफुलाई खुसी लागेको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले, कृषि पेशालाई मर्यादीत बनाउन कर्णाली प्रदेशले व्यवसायी किसाहरुलाई अनुदानका साथ पुरस्काको व्यवस्था समेत गरेको बताउनु भयो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावलले सल्यानमा कृषि ब्यवसायमा आधुनिकता छायको बताउनु भयो ।उहाले जिल्लाका दश वटै स्थानीय तहमा आत्मनिर्भर बन्नका लागी किसानहरु जागरुक भएर ब्यवसायीक कृषि पेशामा लागेको देख्दा अफुलाई खुसी लाग्ने बताउनु भएको थियो ।रावलले पछिल्लो समयमा जिल्लाभर पुरुष भन्दा महिलाहरु कृषि पेशामा आबद्ध भएको बताउनु भयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख गोविन्दबहादुर महतको अध्यक्षता,कार्यालयकी नायब पशु सेवा प्राविधिक सर्मिला बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको
मुख्यमन्त्री उत्कृष्ट पुरस्कार वितरण कार्यक्रमको संचालन, पशु सेवा तथा पशु प्राविधिक बिरेन्द केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस