प्रेस युनियन सल्यानको सातौ अधिवेशन सम्पन्न,अध्यक्षमा चन्द

१ साउन २०८० / सल्यान

प्रेस युनियन सल्यानको सातौ अधिवेशन सम्पन्न भएको छ ।

आइतबार सल्यान खलंगामा भएको सम्मेलन बाट लोकेन्द्र चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन सल्यानको अध्यक्षमा लाेकेन्द्र चन्द,उपाध्यक्षमा माेहन शर्मा, समावेशी उपाध्यक्षमा सृजना बस्नेत,सचिवमा ग्रेट गिरी, सह-सचिवमा फलेन्द्र पुरी चयन हुनु भएको छ । यस्तै खुल्ला सदस्यमा रुपलाल चलाउने, सुशील शर्मा, माेहन वली, जनजाति सदस्यमा प्रदिप घर्ती मगर, महिला सदस्यमा ओमसरा घर्ती मगर लाई चयन गरिएको हो ।

सातौ जिल्ला अधिवेशनमा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रिय सचीव युवराज रेग्मीले निशपक्ष,सत्यतथ्य पत्रकारीतामा लाग्न सवैलाई आग्रह गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रेग्मीले,नेपालको पत्रकारीता क्षेत्रमा प्रेस युनियनको भुमिका उल्लेखनिय रहेकाले अझै यस्लाई निरन्तरता दिनु पर्नेमा जोड गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथि प्रेस युनियनका केन्द्रिय प्रतिनिधि खकेन्द्र भट्टराई,प्रेस युनियन सल्यानका संस्थापक अध्यक्ष टोपेन्द्र गौतम ( करण) लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


नेपाल प्रेस युनियन सल्यानका अध्यक्ष रेशम डि.सीकोअध्यक्षतामा भएको उक्त कार्यक्रममा,प्रेस युनियन सल्यानका पुर्व अध्यक्ष यादव प्रसाद उपाध्याय , कर्णाली प्रदेश सचिव कृष्ण वली,सन्जीव श्रवण देवकोटा,केन्द्रीय पार्षद सनत कुमार शर्मा,राजेश गीरी,सचेत शाह, लगायतको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस