सल्यानमा ट्याक्टर दुर्घटना चालकको मृत्यु

२९ असार २०८०/ सल्यान

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।

जिल्लाको कुमाख गाउँपालिका वडा नं.४ बल्लेखोलामा भएको ट्याक्टर दुर्घटनामा परि कुमाख गाउँपालिका वडा नं.४ का ट्याक्टर चालक बर्ष २६ का रामबहादुर बुढाथोकीको घटना स्थलमै मृत्यु भएको हो ।

विहिवार राति करिव साढे १० बजे तिर गाउँपालिका ४ बाल्ले खोला देखि, बाल्लेमा, निर्माणाधिन स्वास्थ्य चौकीको बालुवा लिएर जादै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टरको ट्रालीमा च्यापिएर
चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । ट्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस