लुम्बिनी रारा मुगु जोड्ने दुर्त मार्गको कार्य सल्यान जिल्लाका दुई भाग बिभाजन गरेर सुरु

असोज १५, सल्यान

\लुम्बिनी रारा मुगु जोड्ने दुर्त मार्गको कार्य सल्यान जिल्लाका दुई भागमा बिभाजन गरेर सुरु गरिएको छ ।

राष्ट्रिय प्राथमिकताको योजना अन्तर्गत,नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको लगानीमा सुरुभएको उक्त दुर्त मार्गको काम सल्यानको शिद्वकुमाख गाउँपालिका अन्तर्गत चाख्लीघाट,त्रीवेणी हुँदै कुमाख र कुमाख गाउँपालिकाको रागेचौर,त्रीवेणी,जिमाली हुँदै कुमाख जोड्नका लागि सडक निर्माण तथा स्तरबृर्द्वीको काम सुरु भएको छ ।

बुधबार उक्त दुर्त मार्गको अनुगमन गर्न गएका पुर्व सामान्य प्रशासन मन्त्री तथा हालका संघिय सांसद टेकबहादुर बस्नेतले  लुम्बिनी रारा जोड्ने दुर्त मार्गले सल्यान जिल्लाको गरिमा बढाएको बताएको बताएका छन् ।

राष्ट्रिय रुपमा नै छुटै पहिचान बोकेको उक्त मार्गले सल्यानको आर्थिक तथा पर्यटन बिकासमा समेत टेवा पुर्‍याउने उनको भनाई रहेको थियो ।
नेपाल कम्युनिस्ट पाटीका केन्द्रिय सदस्य तथा सल्यान जिल्लाका पाटी इन्चार्ज समेत रहेका बस्नेतले अहिले सल्यान खण्ड अन्तर्गत दुई भागमा सडक निर्माणको काम भैरहेको बताएका हुन

आर्थिक बर्ष २०७६ र ०७७ का लागी संचालनमा ल्याइएको उक्त योजना कोभिड (१९ कोरोना भाइरसको कारणले यस आर्थिक बर्षमा ४ करोडको लागतमा सुरु गरिएको उनिको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस