सल्यान श्रीनगरमा टुलिप्स मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरको उद्घाटन

५ फागुन, सल्यान ।

सल्यानको श्रीनगरमा टुलिप्स मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता तुलिप्सका फाउन्टडर भिम बुढाथोकीले गरेका थिए ।


शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथि, शानपा १ का वडाध्यक्ष नवराज बुढाथोकी, अतिथिहरुमा शानपाका स्रोत व्यक्ति विर बहादुर सेवजवाल, शिवजन क्याम्पसका प्रमुख सुर्य शर्मा, एन प्याव्सनका अध्यक्ष कमल थापा, सल्यान उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपक बोहरा, श्रीनगर बजार व्यवस्थापन समिति अध्यक्ष हपिस भण्डारी लगायतका रहेका थिए ।


तुलिप्सका फाउन्डर देब बहादुर डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा, मन्टेश्वरी प्रशिक्षक सोनिका पौडेल तामाङ, स्रोत व्यक्ति विर बहादुर सेजवाल, वडा नं. १ का वडाध्यक्ष नवराज बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका शानपाका मेयर सुरेश अधिकारीले मन्टेश्वरीको नाममा व्यापार नगर्न संचालकलाई आग्रह गरेका थिए ।
कार्यक्रमको संचालन शेरजंग शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस