१३ पौष २०८२/ सल्यान
नेपाली कम्युनिष्ट पार्टी सल्यानले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

कम्युनिस्ट पार्टी जिल्ला समिति सल्यानको बिहीबार र शुक्रवार सल्यान खलंगामा बसेको बैठकले युवा नेता रमेश मल्ल सहित पाँच जना नेताको नाम सिफारिस गरेको हो ।
जस अन्तर्गत खुल्ला तर्फ टेकबहादुर बस्नेत,प्रकाश ज्वाला र रमेश मल्ल रहनु भएको छ ।यस्तै युवा कलस्टर / दलित बाट धनबहादुर परियार र महिला बाट सीता बिष्ट बस्नेतलाई सिफारिस गरेको हो ।
पार्टीले समानुपातिक तर्फ खस आर्य बाट उमाकान्त शर्मा,दलित महिला पवित्रा बिक,जनजाति बाट प्रमोद कुमार श्रेष्ठ र महिला बाट प्रेमा अधिकारीलाई सिफारिस गरेको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि रत्न बहादुर वलीलाई उम्मेदवारको रुपमा सिफारिस गरिएको हो ।
जिल्ला बाट उम्मेदवारको सिफारिस भए संगै पार्टीका युवा नेता रमेश मल्लले जिल्लाको नेतृत्व गरि सक्नु भएका द्वय नेता प्रकाश ज्वाला र टेकबहादुर बस्नेत लाई अभिभावकको भुमिकामा रहेर आफुलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ । नेता मल्लले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै फागुन २१ गते हुने निर्वाचनमा
उम्मेदवार बन्ने आफ्नो व्यक्तिगत आकांक्षा मात्र नभएर जिल्लाको आवश्यकता समेत भएको बताउनु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका मल्लले लामो समय विद्यार्थी राजनीति गर्नु भएको थियो ।सल्यानको कुमाख गाउँपालिका वडा नं.५ कालागाउ घर भएका मल्ल तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुँदै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड)का स्वकीय सचिव समेत हुनु हुन्थ्यो । पछिल्लो समयमा नेता मल्ललाई सल्यान जिल्लाको बिकासका लागि केही काम गर्न सक्ने क्षमता भएको नेताको रुपमा लिने गरेको पाइन्छ । जिल्लाको समृद्धिका लागि युवा बौद्धिक नेताको खाचो भएको समेत जिल्ला बासीको अपेक्षा रहेको छ ।
सल्यान जिल्लाको नेतृत्वको लागी नेपाली कम्युनिस्ट पार्टी बाट प्रत्यक्षतर्फ सिफारिस हुनु भएका प्रकाश ज्वाला सल्यानबाट
२०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित, २०७० मा संविधानसभा सदस्य निर्वाचित, २०७४ मा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइ मन्त्री समेत बनी सक्नु भएका व्यक्ति हुनुहुन्छ ।यस्तै अर्का नेता टेकबहादुर बस्नेत २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद्को सदस्य, २०६४ / २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य भइ मन्त्री समेत बनी सक्नु भएको हो ।
यो पटकको संघिय निर्वाचनको लागि सिफारिसमा पर्नु भएका मल्ल, परियार र विष्ट भने अहिलेसम्म कुनै पनि निर्वाचनमा सहभागी हुनु भएको छैन ।