सल्यानको श्रीनगरमा बजाज ग्रान्ड एक्सचेञ्ज मेला संचालन

०२ पौष २०८२/ सल्यान

सल्यानमा बजाज ग्रान्ड एक्सचेञ्ज मेला संचालक भैरहेको छ ।

जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरमा पौष १ गते देखि सुरु भएको उक्त मेलामा नागरिकताको आधारमा बजाज कम्पनीका सवै खाले मोटरसाइकलहरु बिक्रि बितरण र साटफेर भैराखेका छन ।

श्रीनगर कर कार्यालय अगाडि संचालन भएको उक्त मेलामा बजाज कम्पनीका सवै खाले मोटरसाइकलहरु मासिक किस्तामा कम व्याजदर सहित नागरिताको आधारमा ग्राहक लाई दिन सकिने र ग्राहक संग भएका जुनसुकै कम्पनीका मोटरसाइकलहरु उचित मुल्यांकन सहित साटफेर गर्न सकिने बजाज सोरुम तुलसीपुरका सन्चालक प्रदिप केसीले बताउनु भयो । उहाँले उक्त मेलामा बजाज कम्पनीका पल्सर,टु ट्वान्टी,एनएस डोमिनार,प्लाटिना डिस्कवर लगाएतका मोटरसाइकलहरु बिक्रीवितरण र साटफेर गर्न सकिने बताउनु भयो । संचालक केसीले ५० प्रतिशत रकम भुक्तानी गरेर बिन झनझट मोटरसाइकल किन्न चाहाने ग्राहकहरुका लागि सुनौलो अवसर भएको बताउनु भयो ।

उहाँले मोटरसाइकल किस्तामा लिनको लागि कुनै पनि धितो राख्न नपर्ने व्यवस्था आफ्नो कम्पनीले सिमित समयको लागि मात्र लागू गरेको बताउनु भयो । दाङ लगाएत विभिन्न जिल्लामा ग्राहकको सेवा र सुविधाका लागि यस्तै मेला लाउदै आएको समेत उहाँले बताउनु भयो । पौष ६ गते सम्म संचालन गरिने मेलामा नगद रकममा मोटरसाइकल किन्ने ग्राहक लाई ६ हजार सम्मको छुटको व्यवस्था, मोटरसाइकलमा ५ बर्ष सम्मको वारिन्टी, एक बर्ष भित्रमा व्याट्री बिग्रीएमा निशुल्क नयाँ व्याट्री उपलब्ध गराउने व्यवस्था,वारिन्टी समयमा इन्जिनमा समस्या आए निशुल्क फेर्ने सुबिधा समेत रहेको केसीले बताउनु भएको छ ।

श्रीनगरमा बजाज ग्रान्ड एक्सचेञ्ज मेला संचालन भए संगै मोटरसाइकल किन्न आउने ग्राहकको बाक्लो उपस्थिति रहेको देखीन्छ ।

प्रतिक्रिया दिनुहोस