दाङमा यातायात प्रालि र जेष्ठ नागरिक बिच छलफल सम्पन्न

२८ कार्तिक २०८२/ दाङ

जेष्ट नागरिक संघ जिल्ला कार्यसमिति दाङले सार्वजनिक यातायातका साधनमा आफुहरुले पाउनु पर्ने सेवा र सुविधा सहितका अधिकारलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनको लागी यातायात प्रालिहरुलाई अनुरोध गरेका छन् ।

संघका जिल्ला अध्यक्ष खुमानन्द अधिकारी लगाएतले त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमाल संग उक्त बिषयमा छलफल गर्नु भएको हो ।

शुक्रबार त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङको केन्द्रिय कार्यालय तुलसीपुरमा भएको छ्लफलमा प्रालिका अध्यक्ष सुरेश हमालले जेष्ठ नागरिक लगाएत,दृष्टिविहिन,अपांग,अशक्तको लागि सार्वजनिक यातायातको भाडामा नेपाल सरकारले निर्धारण गरेको छुटलाई आफुहरुले नियमित रुपमा कार्यान्वयन गर्दै आएको बताउनु भयो ।

आरक्षण,भाडामा छुट र यातायात व्यवसायीले जेष्ठ नागरिक प्रती गर्ने व्यवहारमा केन्द्रीत उक्त छ्लफलमा अध्यक्ष हमालले सम्बन्धित यात्रुलाई सकारात्मक व्यवहार गर्नु आफ्नो प्रालि परिवारको दायित्व भएकाले त्यसलाई अझै सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।उहाँले जेष्ट नागरिकले उठाएका बिषय र गुनासालाई सम्बोधन गर्ने गरि आउदो वैठकमा छलफल समेत गर्ने बताउनु भयो ।

छलफलमा सहभागी जेष्ट नागरिकहरुलाई अध्यक्ष हमालले एउटै गाडीमा सधै जेष्ट नागरिक लगाएत अन्य आरक्षण वाला यात्रु चढ्दा निश्चित व्यवसायीलाई मात्र मार पर्ने भएकाले सरोकारवालाहरु लाई आफ्नो प्रालिका फरकफरक गाडीमा चढेर यात्रा गर्दिनका लागि अनुरोध गर्नु भयो ।

अध्यक्ष हमालले त्रिशिद्वेशरी राप्ती यातायात सेवा प्रालि दाङले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नको लागि कर्मचारी,मजदुर गाडी व्यवसायीलाई विभिन्न समयमा प्रशिक्षण दिदै आएको समेत बताउनु भयो ।उहाँले आफुहरुले धार्मिक मान्यता अनुसार दाङ जिल्लामा १० वटा बिश्वकर्मा बाबाको मन्दीर निर्माण गर्नुका साथै, दाङ,सल्यान र प्युठान जिल्लाका धार्मिक तथा सार्वजनिक स्थलहरुमा जनतालाई बस्नको लागि सहज होस भन्ने उद्देश्यले ४ वटा प्रतिक्षालय निर्माण गरेको बताउनु भयो । उहाँले आफुले नेतृत्व गरेको प्रालिले सामाजिक कार्यमा समेत निरन्तरता दिदै आएको बताउदै यातायात क्षेत्रलाई सुधार गर्न आफू बर्षौ देखि लागि परेको तर यो क्षेत्रलाई सुधार्न भन्दा बिगार्न खोज्नेको संख्या बढी भएकाले त्यसलाई सुधार गर्न अझै केही समय लाग्ने बताउनु भयो ।उहाँले जेष्ट नागरिक र धार्मिक आस्था राख्ने यात्रुहरुलाई सहज यात्रा र कम खर्च लागोस भनेर प्रत्येक हप्तामा एकपटक तुलसीपुर बाट मुक्तिनाथ मन्दिर सम्म गाडी संचालन गर्दै आएको बताउनु भयो ।

छलफल कार्यक्रममा जेष्ट नागरिक समाज दाङका जिल्ला अध्यक्ष खुमानन्द अधिकारीले,आफ्ना हक अधिकारलाई माग गर्नको लागि र अझै प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनको लागि यातायात कार्यालयमै आएको बताउनु भयो ।उहाँले यातायात क्षेत्रमा केही नंया कार्य गर्नु पर्छ भन्ने उद्देश्य र लक्ष्य बोकेर लागि परेका त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष हमालको दुरदर्शि सोच,सकारात्मक धारणा र प्रष्ट बिचारले आफुहरुलाई खुसी बनाएको बताउनु भयो ।

 

अधिकारीले अध्यक्ष हमाल संग अन्य धेरै कार्यक्रमहरुमा भेटघाट भएपनि, औपचारिक रुपले आफ्नो बिषयमा प्रष्ट पार्नु भएकोमा आफु लगाएत सम्पुर्ण टिम खुसी भएको बताउनु भयो ।उहाँले दाङ जिल्लामा भएका सम्पुर्ण प्रालिहरु संग समेत जेष्ठ नागरिकका बिषयमा समन्वय गर्दिनका लागि अध्यक्ष हमाललाई अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस