सल्यानमा पुर्व सिकाइको मान्यता सम्बन्धि गोष्ठी सम्पन

२५ कार्तिक २०८२/ सल्यान

सल्यानमा पुर्व सिकाइको मान्यता विधिबाट सीप परिक्षण (आरपीएल) को लागि नयाँ पेशाहरु पहिचान गर्न उद्योगीहरु संग कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

 

मंगलवार सल्यान श्रीनगरमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष हर्ष विक्रम खड्काले प्राविधिक बिषयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा उक्त गोष्ठीको आयोजना गरिएको बताउनु भयो ।उहाँले रोजगारी गर्न चहाने व्यक्तिलाई सीप सिकाउन र सिकेको सिपलाई वैधानिकता प्रदान गर्नको लागि गोष्ठीले महत्वोपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
सीप विकास इकाई समितिका संयोजक समेत रहनु भएका खड्काले पहिले सीप सिकेका तर हाल सम्म पनि सीप सिकेको प्रमाणपत्र नपाएका व्यक्तिहरुलाई प्रमाणपत्र दिलाउनको लागि समेत उक्त गोष्ठी प्रभावकारी हुने बताउनु भयो ।

सीप सिके दक्ष जनशक्ति हुने भन्दै उपाध्यक्ष खड्काले दक्ष जनशक्ति बाट बनेका कामहरु प्रभावकारी र दृर्घकालिन बन्दै जाने बताउनु भयो ।उहाँले आफुहरुले सामाजिक बिकास मन्त्रालय अन्तर्गत विभिन्न परियोजनाहरु संग समन्वय गरेर निशुल्क रुपमा समेत बिभिन तालीमहरु दिदै आएको बताउनु भयो ।

 

यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश उपाध्यक्ष सुधन श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यवसायीक तालीमले दक्ष जनशक्ति उत्पादन गर्ने बताउनु भयो ।उहाँले सल्यान जिल्लामा रहेर विभिन्न पेशा व्यवसायलाई प्रभावकारी बनाउनको लागि सम्बन्धित सीप सिक्न चाहाने व्यक्तिलाई आफुले सक्दो सहयो गर्ने बताउनु भयो ।उपाध्यक्ष श्रेष्ठले व्यवसायी तालिम र सीप परिक्षणले व्यवसाय र श्रम बजारमा महत्व राख्ने समेत बताउनु भयो ।

कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा ( आरके) ले सल्यानमा पनि दक्ष जनशक्ति उत्पादनको लागि विभिन्न तालीमको आवश्यकता रहेकाले उक्त तालीमको बन्दोबस्त मिलाउदिन आयोजक टिमलाई अनुरोध गर्नु भयो ।उहाँले सल्यानमा पछिल्लो चरणमा फ्रीज,एसी लगाएत अन्य इलेक्ट्रोनिक सामान मर्मतको लागि तालिमको आवश्यकता भएको बताउनु भयो ।

एक दिने गोष्ठीमा जिल्लाका विभिन्न स्थानीय तहबाट सहभागी भएका उद्योगी,व्यापारी,व्यवसायीहरुलाइ नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका कार्यक्रम संयोजक हिर्देश केसीले पुर्व सिकाई मान्यता ( RPL) बाट सीप परिक्षण,कार्यान्वयनमा निजि क्षेत्रको भुमिका र RPL को महत्त्व बारे र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कर्णाली प्रदेशका प्राविधिक अधिकृत भुमिका पोख्रेल र एन भि क्यु एस परियोजनाका कर्णाली प्रदेश व्यवस्थापक जनक शुभर्णकारले सम्बन्धित विषयमा सहभागीलाई प्रशिक्षण दिनु भएको थियो ।स्विस कन्ट्रायाट द्वारा संचालित सामाजिक बिकास मन्त्रालय अन्तर्गत NVQS परियोजनाको सहयोग,नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजना र सल्यान उद्योग वाणिज्य संघ सल्यानको समन्वयमा भएको गोष्ठीमा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष सुधन श्रेष्ठ,सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ,प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद कर्णाली प्रदेशका प्राविधिक अधिकृत भुमिका पोख्रेल,नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका कार्यकारी निर्देशक महेश केशर खनाल,सल्यान उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा ( आरके) वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी,महासचिव मोहन सारु,सचिव रणबहादुर खड्का,कोषाध्यक्ष नरेन्द्र बुढामगर,कार्यालय प्रमुख दिपक खड्का लगाएत, सल्यान जिल्ला भित्र विभिन्न पेशा व्यवसायीमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका सहायक अधिकृत लोकराज लामिछानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस