पश्चिम दाङको हापुरे बाट काठमाण्डौका लागि एसी बस संचालन हुँदै

२१ कार्तिक २०८२ / दाङ

दाङको बबई गाउँपालिका वडा नं.५ हापुरे देखि काठमाण्डौको लागि सिधा बस सेवा संचालन गरिने भएको छ ।

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले हापुरे बाट काठमाण्डौका लागि एसी बस सेवा संचालन गर्ने भएको हो ।

हापुरे क्षेत्रका यात्रुलाई सहजता होस भन्ने उद्देश्यका साथ कार्तिक २४ गते देखि नियमित रुपमा काठमाण्डौका लागी कस्तुरी एर बस संचालन गरिने प्रा.लिका अध्यक्ष सुरेश हमालले बताउनु भयो ।

उक्त स्थान बाट गाडी संचालन गर्दा बबई गाउँपालिका,शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिका भित्रका जनताले सहज रुपले काठमाण्डौ सम्मको लागि यातायातको सुबिधा लिन सक्ने अध्यक्ष हमालले बताउँनु भयो ।

बबई गाउँपालिका वडा नं.५ को हापुरे बजार बाट काठमाण्डौका लागि प्रत्येक दिन अपरान्ह साढे ४ बजे,तुलसीपुर बाट साँझ ६:१५ बजे र काठमाण्डौ बाट दाङका लागि बेलुकी ५:५ बजे गाडी छुटाइने प्रालिका प्रशासनिक सह- संयोजक प्रितम कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले देश भित्र र बाहिर गरेर करिव ७ सय बढी ठुला साना गाडीहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस