तुलसीपुर बाट मुक्तिनाथ मन्दीर सम्म डिलक्स बस सेवा संचालन

२० कार्तिक २०८२/ दाङ

दाङको तुलसीपुर बाट मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर सम्म डिलक्स बस सेवा संचालन गरिने भएको छ ।

मुक्तिनाथ मन्दीरको दर्शन गर्न जाने भक्तजनहरुको सुबिधालाई मध्यनजर गर्दै त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले मुक्तिनाथ मन्दीर सम्म डिलक्स बस सेवा संचालन गर्ने भएको हो ।

दाङ,सल्यान,रुकुम,रोल्पा,प्युठान, लगाएतका जिल्ला बाट प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको मुक्तिनाथ मन्दीरको दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरुलाई सहज रुपले सुबिधा दिनको लागि प्रत्येक हप्ताको शुक्रवार दाङ बाट मुस्ताङ सम्म डिलक्स बस सेवा संचालन गरिने प्रालिका अध्यक्ष सुरेश हमालले बताउनु भयो ।

उहाँले दाङको तुलसीपुर बाट भालुबाङ सम्म लाई केन्द्र बनाइ छिमेकी जिल्ला र दाङका विभिन्न भुभागका जनतालाई सेवा दिने तयारी रहेको बताउनु भयो ।
मुक्तिनाथ मन्दीरको दर्शन गर्न जानको लागि गाडी रिजर्भ गरि धेरै पैसा तिर्नु पर्ने यात्रुको बाध्यतालाई ख्याल गर्दै त्यसको बिकल्पमा सार्वजनिक यातायात सेवा प्रभावकारी हुने बताउनु भयो ।

तुलसीपुर बाट शुक्रवार मध्यान्ह १२ : ३० बजे छुट्ने गाडीले यात्रुलाई मुक्तिनाथ लिएर मन्दीरको दर्शन गराएर पुन दाङ ल्याउने छ भने प्रती व्यक्ति दुवै तर्फको भाडा ५ हजार कायम गरिएको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस