माओवादी केन्द्रका युवा नेता मल्ल द्वारा सल्यानको बिधुतिकरण बारे केन्द्रमा छलफल सुरु

३१ असोज २०८२/ काठमाण्डौ 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पार्टीका युवा नेता रमेश मल्लले सल्यानको बिधुतिकरण सम्बन्धि केन्द्रमा छलफल सुरु गर्नु भएको छ ।

विहिवार युवा नेता मल्लले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालसँग सल्यानको विद्युतिकरणका विषयमा विस्तृत छलफल गर्नु भएको हो ।

 

छलफलमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शसिभुषण शाह लगाएतको सहभागिता रहेको थियो ।नेता मल्लका अनुसार, सल्यानमा पूर्ण विद्युतिकरणका लागि विगतमा बनेको योजना राजनीतिक परिवर्तन र प्राधिकरणको नेतृत्व फेरिएसँगै कार्यान्वयनमा कमजोरी देखिएको विषयमा समिक्षा गरिएको हो ।

छलफलमा सल्यानका जनप्रतिनिधि तथा स्थानीय सरकारको तर्फबाट कार्यकारी निर्देशक सिलवाललाई प्रमुख जिल्ला अधिकारीको प्रतिवेदन सहित ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

छलफलमा नेता मल्लले “प्रचण्डको नेतृत्वमा सरकार हुँदा र कुलमान घिसिङ प्राधिकरणको प्रमुख हुँदा सल्यानको विद्युतिकरणका लागि विस्तृत योजना बनेको थियो, तर त्यसपछिका फेरबदलले काममा ढिलाइ भएको बताउनु भयो ।उहाँले सल्यानमा विद्युत जडानमा ढिलाइ, भुक्तानी रोकावट, सामग्री अभाव लगायतका समस्या देखिएको र यसप्रति स्थानीय सरकार आन्दोलनको तयारीमा पुगेको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको बताउनु भयो ।

ठेकेदारलाइ तत्काल रकम भुक्तानी हुने भएकाले कामदारले पनि रकम पाउने र काम गरेको भुक्तानी नभएकाले काम गर्न सकिन भन्न नपाउने भन्दै उहाँले तत्कालै काम हुनेगरी छलफल भएको बताउँनु भयो । त्यस्तै मल्लले यस अघिको एमाले काग्रेश नेतृत्वको सरकारले पुर्ण विद्युतिकरणका लागि तयार गरेको सामाग्री अन्यत्र पठाइएकोले कर्णालीमा समस्या भएको समेत बताउनु भयो ।

छलफलबाट सल्यानको पूर्ण विद्युतिकरणका लागि प्राधिकरणबाट श्रमिकको भुक्तानी तत्काल गर्नुपर्ने, निर्माण व्यवसायीहरूलाई जिम्मेवार बनाउनुपर्ने, तार, पोल, ट्रान्सफर्मरलगायतका सामग्री यथासिघ्र जिल्लामा पठाउनुपर्ने तथा केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक ढंगले काम अघि बढाउनुपर्ने जस्ता निष्कर्षहरू निकालिएको हो ।

सल्यानको विद्युतिकरणका सवालमा निरन्तर आवाज उठाउँदै आएका सल्यानका राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक अगुवाहरूलाई धन्यवाद दिदै नेता मल्लले
विद्युत जस्तै सल्यानको टेलिकमका विषयमा पनि केहि दिनमा स्थानीय सरकारका प्रतिनिधि संगको छलफल पश्चात समस्या समाधानका लागि टावर थप र सोलार परिवर्तन जस्ता काम गर्नेगरी कुराकानी भएको पनि बताउनु भयो ।

छलफलमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलकराज भण्डारी,नेपाल् जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष अध्यक्ष भीम कुमाखी र जेन–जि सल्यानका संयोजक युवराज खड्का लगाएको सहभागिता रहेको थियो।यता विहिवारनै सल्यानका जनप्रतिनिधि सहितको टोलीले जिल्लामा विद्युत प्राधिकरण वितरण केन्द्र घेराउको कार्यक्रम चलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस