२६ असोज २०८२/ सल्यान
सल्यानको थारमारेमा संचालित प्रथम जय नेपाल कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागचौर नगरपालिकाले हात पारेको छ ।
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागी खेलकुद,बिद्यार्थीका लागि नेपाल बिद्यार्थी संघ भन्ने मुल नारा सहित असोज २२ गते देखि २५ गते सम्म जनकल्याण नमुना माध्यमिक बिधालय थारमारेमा संचालित प्रथम जय नेपाल कप ( खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागचौर नगरपालिकाले हात पार्न सफल भएको हो ।
प्रतियोगितामा बागचौर नगरपालिका प्रथम,शिद्वकुमाख गाउँपालिका दोस्रो र प्रदेशी दाजुभाइ टिम तेस्रो भएको नेपाल बिद्यार्थी संघ सल्यानका प्रवक्ता ग्रेट गिरीले बताउँनु भयो ।उहाँले प्रथम आउने टिमलाई १ लाख नगद, दोस्रो आउने टिमलाई ७५ हजार नगद र तेस्रो आउने टिमलाई ५० हजार नगद सहित,कप मेडल र प्रमाणपत्र प्रदान गरिएको बताउँनु भयो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत खेलाडीहरू लाई पनि ट्रफी र पुरस्कार प्रदान गरिएको थियो भने,खेल सञ्चालनमा सहयोग गर्ने रेफ्रीहरूलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सल्यानको आयोजनामा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा बिबिध साँस्कृतिक कार्यक्रमहरु समेत प्रदर्सन गरिएको थियो ।