२४ असोज २०८२ / सल्यान
सल्यानमा पहिलो पटक ‘श्रीनगर गोल्ड कप २०८२ आयोजना हुने भएको छ।
शुभ दिपावली तथा छठ पर्व २०८२ को अवसरमा श्रीनगर बोइजको पहलमा हुने यो फुटबल प्रतियोगिता असोज २९ गते देखि शारदा नगरपालिका–२, खलंगा लुहापिङ मैदानमा सुरु हुने तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न स्थानका फुटबल टिमहरूको सहभागिता रहनेछ।
खेल संयोजक सुशान्त भण्डारीका अनुसार विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, हाई स्कोरर, राइजिङ प्लेयर र म्यान अफ द म्याचका लागि पनि विशेष पुरस्कार राखिएको
आयोजक क्लब श्रीनगर बोइजका अर्जुन केसीले जानकारी दिनु भयो ।
जय महाकाल समुह संरक्षक रहेको प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क तिरेर असोज २८ गते दिउँसो ४ बजे सम्म दर्ता गराउनुपर्नेछ।खेलको उद्घाटन असोज २९ गते दिउँसो १ बजे भव्य कार्यक्रमका साथ गरिने बताइएको छ।