यातायात स्वतन्त्र मजदुर संगठन दाङको अध्यक्षमा बुढाथोकी निर्वाचित

१४ भदौ २०८२/ दाङ

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको चौथो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार दाङको तुलसीपुरमा सम्पन्न भएको चौथो अधिवेशन बाट दिपक कुमार बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
जस्को उपाध्यक्षमा केशव राम्जा,सचीव प्रकाश भण्डारी,सहसचिव हुकुम शर्मा,कोषाध्यक्ष खिम बहादुर डाँगी,सदस्यहरुमा,धनवीर डाँगी, लेखबहादुर थपलिया, बिपेन्द्र शाही, सुरेश नेपाली, भूपबहादुर केसी,गणेश बस्नेत,चन्द्रनाथ योगी,भीम बहादुर डिसी, ताराबहादुर खत्री,विरेन्द्र चन्द,वविता विष्ट खत्री (महिला)मिलन ओली,दुर्गा डाँगी,बामदेव ओली, अब्दुल अजिज ररेज, केशव गौतम निर्वाचित हुनु भएको छ ।

 

संगठनका दाङ जिल्ला अध्यक्ष दिपक बुढाथोकीको अध्यक्षतामा भएको उक्त अधिवेशनमा प्रमुख अतिथि संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई रहनु भएको थियो ।

देशभरीका मजदुर एक हौं,श्रमको सम्मान र मर्यादित काम,सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान भन्ने मुलनाराका साथ तुलसीपुरमा आयोजना गरिएको जिल्ला अधिवेशनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पुर्व उपमहासचिव,हालका सल्लाहकार तथा त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमाल,संगठनका केन्द्रिय उपाध्यक्षहरु,नवराज घिमिरे,ठाकुर प्रशाद गैरे,केन्द्रिय महासचिव,केशव थापा ( निरु) केन्द्रिय कमिटी सल्लाहकारप्रमुख ध्यान बहादुर राई,लुम्बिनी प्रदेश अध्यक्ष हुम बहादुर क्षेत्री,सुदुर पश्चिम कमिटी अध्यक्ष,ललित चन्द,दाङ जिल्ला पुर्वअध्यक्ष केशव बहादुर भण्डारी,त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका प्रशासनिक सह संयोजक पृतम कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

मजदुर संगठन दाङ जिल्ला कमिटीको चौथो अधिवेशन बाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
यातायात क्षेत्रका अब्बल व्यक्तिको रुपमा पहिचान गराउन सफल त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमाललाई सर्वश्रेष्ठ यातायात व्यवसायीको रुपमा सम्मान गरिएको छ । यस्तै संगठनको नेतृत्व लिएर महत्वोपुर्ण भुमिका खेल्ने पुर्व अध्यक्षहरु चुडा बहादुर बिक ( साइला दाइ) सुशील न्यौपाने र केशव बहादुर भण्डारी लाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

संगठनका दाङ जिल्ला उपाध्यक्ष उपाध्यक्ष केशव राम्जाको स्वागत मन्तव्य बाट सुरुभएको अधिवेशन बाट विभिन्न क्षेत्रका सयौं बढी व्यक्तिको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचीव खिम बहादुर डाँगीले गर्नु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस