खेलकुद महासंघ सल्यानका अध्यक्ष कराला द्वारा शैक्षिक सामाग्री हस्तान्तरण

५ भदौ २०८२/ सल्यान 

अखिल नेपाल खेलकुद महासंघ सल्यानका अध्यक्ष तथा विद्यार्थी युवा नेता रवि किरण करालाले दार्मा गाउँपालिका–२ मा रहेका गरिब, ज्यानदार तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ ।

श्री बालकल्याण माध्यमिक विद्यालय भुवन टाकुरी परिसरमा आयोजित कार्यक्रममा करालाले १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयलाई खेलकुदका सामग्री (बल, नेट, पम्प) पनि प्रदान गर्नुभएको हो ।

सोही अवसरमा करालाले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षा र खेलकुद दुवै समान रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयबासीहरूको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस