२ भदौ २०८२/ सल्यान
तरुण दल सल्यानले बर्षाका कारण बिग्रिएको सडक मर्मत सम्भार गरेको छ ।
कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले वर्षाको कारण बिग्रिएको लुहाम–काभ्रा–कालिमाटी सडक खण्डलाई मर्मत सम्भार गरेको हो ।
लगातारको वर्षाले सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी र हिलोका कारण यातायात आवागमनमा कठिनाइ भएको भन्दै आफू हरुले सडक मर्मतको कार्यलाई अगाडि बढाएको नेपाल तरुण दल सल्यानका जिल्ला कार्यसमिति सदस्य शुकलाल खड्काले बताउनु भयो ।उहाँले आफ्नो नेतृत्वमा पार्टी र संगठनका स्थानीय कार्यकर्ताहरू तथा युवाहरू मिलेर सडक मर्मत सम्भारको काम गरेको बताउँनु भयो ।

खड्काका अनुसार सडकमा भएका खाल्डा पुर्ने, पानी निकास गर्ने व्यवस्था र असुविधा हुने स्थानमा अस्थायी मर्मत कार्य गरिएको बताउँनु भयो । खड्काले लुहाम–कालिमाटी सडक खण्डको गौरेजिउला क्षेत्रमा खाल्टा पुर्ने काम गरेको र करिब १०० मिटर सडक मर्मतमा आफुहरुले बेलचा, गैंती, ट्र्याक्टर र जेसीबी प्रयोग गरेर काम गरेको बताउनु भयो ।
सडक बिग्रँदा सर्वसाधारणले सास्ती व्यहोरिरहेको अवस्थामा तरुण दलले पहल गरेर अस्थायी रुपमा भए पनि सडक प्रयोग गर्न मिल्ने बनाएको उहाँले बताउनु भयो ।साथै सोही क्षेत्रका स्थानीय बासिन्दा, यात्रुहरु तथा गाडी संचालकहरुले सडकको समस्या स्थायी समाधानका लागि सरकारसंग माग गरेका छन् ।
