२९ साउन २०८२/ सल्यान
अखिल नेपाल खेलकुद महासंघ, सल्यानको दोस्रो जिल्ला
भेला बाट रवि करलाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
भेला उद्घाटन कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज कृति बहादुर पुन ‘प्रकाण्ड’ ले खेलकुद राष्ट्र निर्माणका लागि मात्र नभई स्वास्थ्य र सामाजिक विकासका दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण हुने गरेको बताउनु भयो । उहाँले सानो भेलाबाट पनि ठूलो संगठन निर्माण गर्न सकिने भन्दै अखिल नेपाल खेलकुद महासंघलाई आगामी दिनहरूमा अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पुनले संगठनलाई बलियो बनाउनको लागि पार्टीको तर्फबाट पूर्ण समर्थन रहने स्पष्ट पार्नु भयो ।
यस्तै कार्यक्रममा बोल्दै अखिल नेपाल खेलकुद महासंघका, केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इञ्चार्ज टंक बहादुर शाहीले खेलकुदले व्यक्तिको पहिचानमात्र होइन, राष्ट्रिय एकता र समृद्धिको यात्रामा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भयो ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका शाहीले अखिल नेपाल खेलकुद महासंघलाई जिल्ला सीमामा सीमित नराखी राष्ट्रव्यापी बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले , कर्णाली प्रदेशमै छिट्टै प्रदेश स्तरीय भेलाको आयोजना गरिने बताउनु भयो ।कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति सदस्य तथा जिल्ला सह-इञ्चार्ज मान बहादुर मल्ल ‘संघर्ष’ ले खेलकुद महासंघलाई ‘छाता संगठन’को रुपमा वर्णन गर्दै खेलकुद क्षेत्रमा रहेका विविध प्रतिभाहरूको पहिचान र प्रवर्धनमा राज्यको ध्यान जानु आवश्यक रहेको बताउनु भयो । उहाँले खेलकुदलाई व्यवस्थित र सशक्त बनाएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै पहिचान बनाउन सकिने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज कृति बहादुर पुन (प्रकाण्ड), महासंघका केन्द्रीय उपाध्यक्ष टंक बहादुर शाही, प्रदेश समिति सदस्य तथा शारदा नगरपालिकाका अध्यक्ष मोहनलाल बुढाथोकी, नेकपा (माओवादी केन्द्र) का जिल्ला समिति सदस्यहरू रमेश विसी, गीताञ्जली भण्डारी, थुमा थापा, पुष्कर बस्नेत, अखिल (क्रान्तिकारी) सल्यानका जिल्ला अध्यक्ष गणेश वली, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमाल यात्री, लगायत दर्जनौं नेताहरुको उपस्थिति रहेको थियो भने ,भेलाको अध्यक्षता खेलाडी नारायण भट्टराईले गर्नु भएको थियो ।
