वाइसीएल सल्यान द्वारा कुमाखमा प्रतिक्षालय निर्माण

२७ साउन २०८२ /सल्यान

वाइसीएल सल्यानले प्रतिक्षालय निर्माण गर्न थालेको छ  ।

जिल्लाको कुमाख गाउँपालिका ७ कुमाख मेला लाग्ने स्थानमा प्रतिक्षालय निर्माण गर्न थालिएको हो ।

संगठनले देश व्यापी रुपमा संचालन, गरेको उत्पादन तथा श्रममा वाइसीएल अभियान अन्तर्गत सल्यानमा पनि उक्त कार्यक्रमको सुरुवात गरिएको हो । मंगलवार नेकपा माओवादि केन्द्रकी केन्द्रिय सदस्य दिलमाया बुढाले उद्घाटन गरे संगै प्रतीक्षालय निर्माणको कार्य तिब्रताका साथ अगाडि बढेको वाइसीएल सल्यानका अध्यक्ष खडक खड्काले जानकारी दिनु भयो । उहाँले संगठनले दुई दिने कार्यक्रमअन्तर्गत विभिन्न निर्माण कार्य बुधबार सम्म सम्पन्न गर्ने बताउँनु भएको छ ।

प्रतिक्षालय निर्माणको कार्यमा वाइसीएलका जिल्ला इन्चार्ज धन बहादुर परियारको नेतृत्वमा ३ दर्जन बढी वाइसीएलको सहभागिता रहेको छ ।

दशैको कोजाग्रत पूर्णिमामा ठुलो मेला लाग्ने उक्त स्थानमा प्रतिक्षालय निर्माण गर्दा श्रद्धालु भक्तजनहरुलाई विश्राम लिन सहज हुने बिश्वास गरिएको छ ।अभियानले गाउँमा विकास र श्रमको सम्मानसँगै सामुदायिक सहकार्यलाई बलियो बनाउने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस