शहीद ताराप्रशाद बुढा ( विमर्श) को स्मृति सभा सम्पन्न

२२ साउन २०८२/ सल्यान

सहिद तारा प्रसाद बुढा (विमर्श) को २१औं स्मृति सभा सम्पन्न भएको छ ।

बुधबार जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानं.५ लेखपोखरा ढोरेनीमा उक्त स्मृति सभा सम्पन्न भएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चित्रबहादुर केसी (भाष्कर ) को प्रमुख आतिथ्यतामा भएको स्मृति सभामा पार्टीका प्रदेश सचिवालय सदस्य तथा छत्रेश्वरी इञ्चार्ज प्रेमबहादुर खड्का (प्रभात) विशिष्ट अतिथि रहनु भएको थियो। यस्तै अतिथिहरुमा प्रदेश सदस्य तथा छत्रेश्वरी सह–इञ्चार्ज विष्णु थापा, प्रदेश सदस्य तथा गाउँपालिका अध्यक्ष हिमाल यात्री, उपाध्यक्ष भिमबहादुर परियार, धनबहादुर परियार, सचिव प्रेमबहादुर नेपाली, जिल्ला समन्वय सदस्य निमा केसी, पालिका कोषाध्यक्ष गीताञ्जली भण्डारी, सदस्य पुर्णबहादुर बुढा, गणेश वलील गायतको उपस्थिति रहेको थियो।स्मृति सभामा सहिद विमर्शकी आमा बेलमति बुढा मगर, दाइहरु लोकबहादुर बुढामगर र शेरबहादुर बुढा मगरको समेत उपस्थिति रहेको थियो।

स्मृति सभामा बोल्ने बक्ताहरुले तारा प्रशाद बुढा ( बिमर्श ) को योगदानको युगौ युग सम्म उच्च मुल्यांकन हुनु पर्नेमा जोड दिनु भएको थियो ।उहाँहरुले पार्टीको निर्देशन र उद्देश्य बमोजिम आफ्नो ज्यानको बलिदान दिनु भएको भन्दै शहिदका सपनालाई पूरा गर्ने जिम्मा माओवादी पार्टी लाई भएको भन्दै त्यसको लागी पार्टीका नेता कार्यकर्ताहरु सचेत हुनु पर्नेमा जोड दिनु भयो ।सभामा बोल्ने वक्ताहरुले पार्टीलाई टुट फुट तिर लैजानु भन्दा छरिएर फरक फरक समुहमा रहेका माओवादीहरु एक ठाउँमा आएर जनयुद्धका उपलब्धिहरु लाई संस्थागत गरि सहिद,घाइते,वेपता योद्वा र उनिको परिवारलाई सम्मान र दृर्घकालिन रोजगारका कार्यक्रममा जोड्नु पर्नेमा जोड दिनु भयो ।

 

 

२०३६ साल फागुन ७ गते साविक लेखपोखरा गाविस वडानं ५ लेखपोखरा ढोरेनीमा जन्मिएका विमर्शले लक्ष्मी माध्यमिक विद्यालय स्यानिखालमा कक्षा ८ मा अध्ययनरत रहँदै अखिल (क्रान्तिकारी) को मावि इकाई अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । उहाँ वअध्ययनका लागि वातावरण नपाएपछि तत्कालीन माओवादीको जनयुद्धमा सहभागी हुनु भएको थियो । जनयुद्धको समयमा २ दर्जनभन्दा बढी सैन्य कारबाहीमा सक्रिय भूमिका खेलेका विमर्श चन्द्रौटामा घाइते भएपछि भारतको लखनउमा उपचार गराई नेपाल फर्किए संगै तत्कालीन शाही सेनाले बागलुङको भिमगिठे व्यारेकमा नियन्त्रणमा लिएर २०५९ साल साउन २१ गते विभत्स तरिकाले हत्या गरेको हो।

नेकपा (माओवादी केन्द्र) छत्रेश्वरी–५ वडा अध्यक्ष तेजबहादुर रावतको अध्यक्षता,गाउँ कमिटी सदस्य पुर्णबहादुर बुढाको स्वागत मन्तव्य बाट सुरु भएको स्मृति सभा कार्यक्रमको पार्टी सचिव
दिलबहादुर बुढाथोकीको सञ्चालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस