२० साउन २०८२/ सल्यान
सल्यानमा सुरक्षीत महिला सचेतना अभियान सुरु गरिएको छ ।

सामाजिक रुपमा महिलाहरुलाई सशक्तीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सल्यानले उक्त अभियानको सुरुवात गरेको हो ।
मंगलवार सल्यानको श्रीनगरमा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाले पछिल्लो समयमा महिलाहरु बिभिन्न माध्यम बाट पीडित बन्दै आएको बताउनु भयो ।उहाँले नेपाली समाजमा महिलाहरुलाइ हेर्ने दृष्टिकोण फरक भएकाले त्यसलाइ सकारात्मक ढंगमा बदल्नाका लागि सरोकारवाला निकाय लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी सापकोटाले गाउँ बस्तीमा घरेलु हिंसामा परेका महिलाहरु लाई सचेतना दिन यो कार्यक्रम प्रत्येक ठाउमा लागू गर्नु पर्ने भन्दै महिलाले महिला प्रती गर्ने नराम्रो व्यभारको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो । सहभागी महिलाहरुलाई शैक्षिक र आर्थिक रुपमा बलियो बन्ने मार्गमा लाग्न र आउने पुस्तालाई समेत त्यस तर्फ आकर्षण गर्नको लागि पहल गर्न सापकोटाले अनुरोध गर्नु भयो ।प्रमुख अतिथि सापकोटाले नगर भित्रका महिलाहरुको लागि शारदा नगरपालिकाले ५० प्रतिशत छुट सहित एम्बुलेन्स सेवा प्रदान गर्दै आएको समेत बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डाक्टर हेम बहादुर केसीले महिलाहरुलाई कम्जोर गराउने समाजको चेतानालाई विकास गर्न सवै लाग्नु पर्ने बताउनु भयो ।
उहाँले पछिल्लो समयमा विभिन्न बहानामा महिलाहरूलाई कम्जोर बनाएर विभिन्न घटनाहरु समेत घट्ने प्रवृत्ति बढेकाले त्यसलाई न्यूनीकरण गर्न देशमै पहिलो पटक सुरक्षीत महिला सचेतना अभियान कार्यक्रम सल्यान बाट सुरु गरिएको बताउनु भयो ।
उहाँले सहभागी महिला दिदी बहिनीहरुलाई चिन्ता र तनाव नलिन आग्रह गर्दै एकपटक पाएको जिवनलाई सार्थकताका साथ जिउनु उत्तम उपाय भएको बताउँनु भयो ।केसीले आफू अहिले सम्म महिलाहरुको अधिकारको लागि लड्दै आएको अझै पनि उक्त अभियानलाई तिब्रता दिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीले जिल्ला प्रहरी कार्यालय सल्यानले सुरुवात गरेको अभियान प्रभावकारी हुने विश्वसास व्यक्त गर्नु भयो ।
उहाँले सामाजिक रूपमा समानता र सम्मानको भावना कसरि बढाउन सकिन्छ त्यस तर्फ सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।
महिलामा हुने हिंसा, दुर्व्यवहार र विभेदकारी व्यवहारको अन्त्य आजको आवश्यकता भएको बताउँदै भण्डारीले अभियानमा महिलाहरुको हक अधिकार र विभेदकारी व्यवहार भए त्यसको कानुनी अधिकारबारे शिक्षित गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा
जिल्ला प्रहरि कार्यालय सल्यानका प्रमुख डा. हेम बहादुर के.सी.
सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ
बाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी इलाका प्रहरी कार्यालय श्रिनगरका ईन्चार्ज नरेस सिंह ठकुरी,शारदा नगरपालिकाकी कार्यपालिका सदस्य भगवती बोहरा ( बस्नेत ) पत्रकार दिपसागर भण्डारी लगाएत नगर भित्रका विभिन्न आमा समुहहरुको सहभागिता रहेको थियो ।
