नापतौल कार्यालय सुर्खेतको जनचेतनामूलक कार्यक्रम सम्पन्न

१५ असार २०८२/ सल्यान

सल्यानमा नापतौल तथा मोहरबन्द प्याकेज सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गुणस्तर तथा नापतौल कार्यालय बिरेन्द्रनगर,सुर्खेतका कार्यालय प्रमुख गणेश पौडेलले नापतौल सम्बन्धि व्यापारी व्यवसायीहरुले पालना गर्नु पर्ने नियमहरु बारे सहभागीहरुलाई जानकारी दिनु भएको थियो ।उहाँले सल्यान जिल्लाका सम्पुर्ण उद्योगी,व्यापारी व्यवसायीहरुले आफुले दिने सेवा तथा सुविधामा गुणस्तरीयता कायम गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यालय प्रमुख पौडेलले व्यवसायिक प्रयोजनका लागि नापतौल यन्त्र खरिद गर्दा नापतौल उपकरणमा नापतौल कार्यालयको स्पष्ट टाँचा वा छाप भएको मात्र खरिद गर्नु पर्ने,नापतौल यन्त्र खरिद गरेको ३५ दिन भित्र अनिवार्य रुपमा नापतौल कार्यालयबाट अनुमतिपत्र लिई मात्र प्रयोग गर्नु पर्ने,आफ्नो व्यवसायमा प्रयोग गरिएका सम्पुर्ण नापतौलका यन्त्रहरु तोकिएको समयभित्र अनिवार्य रुपमा नापतौल कार्यालयबाट जाँच तथा नविकरण गराई मात्र प्रयोग गर्नुपर्ने लगाएतका बिषयहरु सहभागीहरुलाई जानकारी गराउनु भयो ।

उहाँले नापतौल कार्यालयबाट प्रदान गरिएको प्रमाणपत्र नापतौल यन्त्र प्रयोग स्थलमै सवैले देख्ने गरि राख्नु पर्ने । ढुङ्गा,भारतिय ढक,काठको डण्डी लगाएतका अवैध सामानहरु नापतौल यन्त्रको रुपमा प्रयोग गर्न नहुने,डिजिटल तराजु प्रयोग गर्ने व्यवसायीहरूले कम्तिमा तराजुको क्षमता को १० प्रतिशत बराबरको ढक राख्नु पर्ने बताउनु भयो ।

अनियमित तरिकाले नापतौल वा नाप्ने तौलने यन्त्र प्रयोग वा बिक्री वितरण गरेमा प्रचलित कानुन बमोजिम अदालतमा मुद्दा  समेत लाग्न सक्ने भन्दै कार्यालय प्रमुख पोडेलले यस्ता खाले कमजोरी नगर्न सहभागीहरुलाई अनुरोध गर्नु भयो ।

गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतको आयोजना र सल्यान उद्योग वाणिज्य संघ सल्यानको सहकार्यमा आइतबार भएको कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ,नापतौल कार्यालय सुर्खेतका,सहायक निरीक्षक टोपेन्द्र बिक ,लेखापाल तिलक प्रशाद उपाध्याय,सल्यान उद्योग वाणिज्य संघ सल्यानका वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी,कोषाध्यक्ष नरेन्द्र बुढामगर लगाएतको उपस्थिति रहेको थियो ।

यस्तै उक्त कार्यक्रममा श्रीनगर बजार व्यवस्थापन समितिका अध्यक्ष हपिस भण्डारी,सल्यान सुनचाँदी व्यवसायी समिति सल्यानका अध्यक्ष रमेश सुनार,सल्यान उद्योग वाणिज्य संघका सदस्य वीर बहादुर डाँगी,प्रकाश परियार,विरजंग वली कार्यालय प्रमुख दिपक खड्का ,नापतौल कार्यालय सुर्खेतका सिनियर मिस्त्रीहरु भगतराज राणा,शिव प्रशाद चौधरी लगाएत श्रीनगरका उद्योगी व्यापारी व्यवसायी लगाएत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस